नेपाल मेडिसिटी अस्पताल र नेपाल चेम्बर अफ कमर्शबिच सम्झौता



Download our app to get more features

काठमाडौं, ३ भदौ । कान्तिपथमा सोमबार नेपाल मेडिसिटीका अध्यक्ष डा.उपेन्द्र महतो एवं नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।

अस्पतालका अध्यक्ष डा. महतोले नेपाल मेडिसिटी केवल अस्पताल मात्र नभई संसारकै स्वास्थ्य गन्तव्य बन्न सक्ने अभियान रहेको बताए । यस अभियानमा नेपाल चेम्बर अफ कमर्शका आर्थिक क्षेत्रलाई बुुझेका व्यक्तिहरुले थप साथ र हौसला दिनुपर्ने धारणा उनको रहेको छ ।

त्यस्तै, चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले स्वदेशमा र विदेशमा परीक्षण गर्दा उस्तै अनुुभव भएको र नेपाल मेडिसिटी अस्पतालको गुण्स्तर अन्तर्राष्ट्रिय स्तरको पाएकाले स्वदेशी अस्पताललाई साथ दिन यस सम्झौता गरेको बताए । 

अन्य मुलुकमा उपचारका लागी जादाँ स्वदेशको धन बाहिर जानेभएकाले यसको नियन्त्रणका लागि मेडिसिटीसंगको सम्झौताले सहयोग गर्ने अपेक्षा उनको रहेको छ।

नेपाल मेडिसिटी अस्पतालको सेवामा चेम्बर अफ कमर्शका सदस्य एवं कर्मचारीहरुले विशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।
 

Last modified on 2019-08-20 12:11:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts