मार्क इन्टरनेशनल किड्नी सेन्टरको एक दिने नि:शुल्क शिविरबाट पाँच सय लाभान्वित 



Download our app to get more features


काठमाडौं, ३ भदौ । मार्क इन्टरनेशनल किड्नी सेन्टरको एक दिने निशुल्क शिविरबाट पाँच सय भन्दा बढी लाभान्वित भएका छन् । सेन्टरले एक दिने शिविर धादिङबेसीस्थित शहिद मेमोरियल अस्पतालमा सम्पन्न गरेको हो । 

साउन ३२ गते भएको उक्त शिविरमा सेवाग्राहिको मिर्गौलाको जाँचका साथै निशुल्क पिसाव र रगतको पनि जाँच गरिएको हो । मिर्गौला रोग विशेषज्ञ डा. अर्चन शमशेर राणाको नेतृत्वमा रहेको चिकित्सकिय टोलीले मिर्गाैला रोग सम्बन्धि परामर्श समेत दिएको हो । 

मिर्गाैला रोगको बारेमा शिविरमा आएर धेरै जानकारी पाउँदा खुसी लागेको स्थानियबासी कृष्ण बहादुर सुनार बताए । त्यस्तै शिविरमा सेवा लिन आएका अर्का स्थानिय मिन नारायण श्रेष्ठ पनि सबैलाई मिर्गाैला रोग विशेषज्ञबाट स्वास्थ्य परीक्षण गराउनुपर्छ भन्ने जानकारी दिने बताए । 



 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts