निद्रा लाग्दैन ? यी उपाय अपनाउनुहोस्



Download our app to get more features

हाम्रो जीवनमा निद्राको महत्व निकै नै हुन्छ । एक रात मात्र निद्रा बिगे्रमा दिनभरि नै जीउ भारी भएको महसुस हुन्छ । त्यस्ले मीठो निद्राका लागि केही उपाय अपनाउन सकिन्छ ः

१. सँधै एकै समयमा सुत्ने र उठ्ने बानी गर्नाले अनिद्राको समस्या हट्दै जान्छ । 

२. मनमा अनेक कुरा खेलिरहेका छन् भने ती कुरा डायरीमा लेखेर सुत्न जानुभयो भने निद्रा लाग्छ ।

३. हामी ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउँने बानी हुन्छ यसले निद्रा लाग्दैन । त्यसैले मोबाइल स्विच अफ गरेर अथवा मोबाइल साइलेन्समा राखेर सुत्नुपर्छ ।

४. प्रेसर, डिप्रेसन लगायत औषधि नियमित सेवन गर्ने गरिन्छ भने यस्ता औषधि सुत्नुभन्दा ढेड अथवा दुईघण्टा अघि खाने गरेमा ननिदाउने समस्या कम हुन्छ ।

५. सुत्नुअघि कडा व्यायाम गरे शरीरमा रक्तसञ्चार तीव्र हुन्छ । जसले गर्दा निद्रा लाग्दैन । त्यही भएर सुत्नु भन्दा कम्तीमा चार घण्टा अघि मात्रै व्यायाम गर्नुपर्छ ।

६. निद्रा लगाउन मदिराको चुस्की लिने बानी छ भने छोडिहाल्नुस् । किनकी, मदिराले केहीबेर मात्र निद्रा लगाउँछ । एकपटक बिउँझिएपछि छिनछिनमा बिउँझिने समस्या हुन्छ । मदिरा खानै परेमा सुत्नुभन्दा दुई घण्टा अघि मात्र खाने गर्नुपर्छ ।

७ं निद्रा नलागेको झोकमा बढी मदिरा पिउने गर्नुहुँदैन । बढीमा दुई पेग पिउनुपर्छ । बढी मदिरापान गरेमा शरीर डिहाइड्रेट हुन्छ, जस कारण मीठो निद्रा लाग्दैन । बढी मदिरा पिउँदा छिनछिनमा पिसाब फेर्न गइरहनुपर्छ, जसले निद्रालाई बिग्रार्न सक्छ ।

८. चुरोट खानेभन्दा नखानेहरु चारगुणा राम्रोसँग निदाउन सक्छन् भन्ने अनुसन्धानले पुष्टि गरेको छ । चुरोटमा पाईने निकोटिनले राम्रोसँग निदाउन दिदैँन । त्यही भएर चुरोटको अम्मलीले सुत्नुअघि चुरोट नखानु राम्रो हुन्छ ।

९.मधुरो प्रकाश बालेर सुत्नुभयो भने निद्रा लाग्छ । दिउँसो दुई बजेपछि चिया, कफिजस्ता केफिनयुक्त पेय नलिनुस् । सुत्नुअघि चिया, कफि खाने बानी छ भने बानी सुधार्नुहोस् । केफिनयुक्त पेयले राम्रो निद्रा पर्न दिदैँन ।

Last modified on 2019-08-21 14:59:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts