सेवा विस्तार गर्दै स्पार्क हेल्थ होम, १ करोडको लागतमा नयाँ भवन बन्दै



Download our app to get more features

काठमाडौं, ८ भदौ । प्राकृतिक चिकित्सा क्षेत्रमा विश्वास कमाउन सफल स्पार्क हेल्थ होमले अझ सेवा विस्तार गर्ने भएको छ । 

अस्पतालले एक करोड २५ लाखको लागतमा भवन निर्माण गरि त्यसबाट स्पा सेवा पनि सुरु गर्ने भएको छ । भवन निर्माणको क्रममा रहेको छ । अबको तीन महिना पछि भवनको निमार्ण कार्य सम्पन्न हुने र डिल्कस सेवा सुरु हुने अस्पतालले जनाएको छ । 

बिरामी नभएका व्यक्तिहरुले पनि सेवा लिन सक्ने छ । अस्पतालका निर्देशक रुपेश अधिकारीका अनुसार विशेष गरी पालो कुर्न नभ्याउनेहरु र बिरामी नभएका व्यक्तिको लागि यो सुेवा सुरु गर्न लागिएको अस्पतालले जनाएको छ । अस्पतालले सेवा प्रवाहमा सरल र सेवाग्राहिलाई सहजता प्रदान गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याउन लागेको जनाएको छ । 

अस्पतालले प्राकृतिक चिकित्सा पद्धति मार्फत विशेष गरी पक्षघात, ढाडकम्मर, पेट, नशा सम्बन्धी रोगको उपचार गर्दै आएको छ । 

कालिमाटीमा रहेको अस्पतालले आफ्नो शाखामार्फत पोखरा, विर्तामोड, धरान, विराटनगर, जनकपुर, दमौली लगायतका सहरमा पनि सेवा प्रवाह गर्दै आएको छ ।
 

Last modified on 2019-08-26 09:37:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts