बाङ्गोटिङ्गो दाँत बनाउने सोचमा हुनुहुन्छ ? ओम समाज डेन्टलले भित्र्यायो नयाँ उपचार पद्धति



Download our app to get more features

काठमाडौं, ९ भदौ । मानिसलाई आफु राम्रो अनि आकर्षक देखिन मन लाग्छ र त्यो स्वाविक पनि हो । मानिसको ब्यक्तित्व विकासमा शरीरको सुन्दरताले ठुलो प्रभाव पारेको हुन्छ । सुन्दर दाँत भए सुनमा सुगन्ध हुने गर्दछ । तर कहिले काँहि आकर्षक अनुहारको सुन्दरतालाई नमिलेका दाँतहरुले ओझेलमा परिरहेको हुन्छ । बाङ्गोटिङ्गो दाँतले विभिन्न प्रकारका समस्या निम्त्याउने गर्छ । विशेषगरी स्कुले केटाकेटीमा बांगोटिङ्गो दाँतकै कारण साथीभाइले जिस्क्याउने, ठुलो भइसक्दा आत्मविश्वासको कमी एवं सभा भिडभाडमा मुख छोपेर हाँस्ने बोल्ने समस्या देखा पर्ने गर्छ ।

त्यस्तै, अगाडिको दात धेरै बाहिर हुँदा चोटपटक लाग्ने, दाँत भाँच्चिने सम्भावना हुन्छ । यस्ता दाँतको सरसफाइ गर्न मुस्किल हुने भएकाले दाँतमा किरा लाग्ने एवं गिजामा समस्या भई सुन्निने, रगत आउने गर्छ । त्यसैगरी, खान तथा चपाउन लगायत जबडाको जोर्निमा समस्या हुने, मुखले सास फेर्ने, घुर्ने, कमजोर आत्मविश्वास, पाचनप्रणालीमा समस्या, अनुहारको सुन्दरतामा कमि, बोलीमा अस्पष्टता, बोलीमा अस्पष्टता, दाँतमा किरा लाग्ने समस्या हुने गर्छ ।

भनिन्छ , रोग लाग्नु भन्दा रोगलाग्न नदिनु नै उत्तम उपाय हो । मानव शरीरमा हुने अनेकौँ स्वास्थ्य समस्या जस्तै दाँत बाङ्गो हुन बाट रोक्ने पनि उपाय छ । तर पनि हाम्रो समाजमा दाँत बाङ्गो भए पछि मात्र नै डाक्टरमा जाने प्रचलन छ । धेरै मानिसलाई दाँत बाङ्गो भएमा उपचार गर्न र रोक्न सकिन्छ भन्ने ज्ञान नै छैन ।

केटाकेटीदेखि अधबैसेंसम्म सबै उमेरका मानिसको अर्थोडोन्टिक उपचार सम्भव हुन्छ । तर, प्रायः देखिने समस्यामध्ये बढ्दो उमेरका केटाकेटीमा उपचार गर्दा राम्रो परिणाम देखिन्छ । अर्थोडोन्टिक्स भनेको बाङ्गोटिङ्गो दाँतको उपचार गर्ने विधा हो । अर्थोडोन्टिक उपचार केही हदसम्म खर्चिलो हुने भए पनि उपचारबाट आउने परिणामले बिरामीलाई सुन्दर, स्वस्थ, खुशी एवं आत्मविश्वासी बनाउन मद्दत गर्छ 

बाङ्गो टिङ्गो दाँतको उपचारको लागि दाँतामा तार बाध्नुपर्ने हुन्छ । यो उपचारलाई ब्रेसेस अथवा अर्थोडोन्टिक उपचार पनि भनिन्छ । दाँतमा बाँधिने तारहरु विभिन्न किसिमका हुन्छन । बाङ्गो टिङ्गो दाँतको प्रकृति हेरेर तारको प्रकार छानिन्छ । दाँत थोरै मिलाउनु पर्ने छ अथवा सरल किसिमको दाँतको मुभमेन्ट गर्नु छ भने निकाल्न मिल्ने तार रिमुभल ब्रेसेस लगाउन सकिन्छ । यदि जटिल उपचार गर्नुपर्ने अवस्था छ भने निकाल्न नमिल्ने तार फिक्स ब्रेसेस लगाउनु पर्छ । यसलाई डाक्टले लगाइदिने र समय समयमा एक्टिभ गर्नुपर्ने हुन्छ । 

विज्ञानको आविष्कार संगसंगै अर्थोडोन्टिक क्षेत्रमा पनि अकल्पनीय विकास भएको छ । अचेल  दाँतको रंगका ब्रेसेस का सुविधाहरु सहित Self lighting bracket system, Clear aligner Technique ओम समाज डेन्टल हस्पिटलबाट  उपलब्ध भइरहेका छन् ।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts