छारे रोग तथा जोर्नी प्रत्यारोपण सम्बन्धी साताव्यापी निःशुल्क शिविर हुँदै



Download our app to get more features

काठमाडौं, १६ भदौ । छारे रोग र जोर्नीसम्बन्धी समस्या हुनेलाई लक्षित गरि बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । 

सानेपास्थित स्टार हस्पिटलले सम्पूर्ण चिकित्सकीय विधाहरुमा पूर्णकालीन विशेषज्ञ चिकित्सकबाट उच्चस्तरीय स्वास्थ्य सेवा प्रारम्भ गरेको अवसर पारी एक हप्ते जोर्नी, हिप तथा घुँडा र छारे रोग सम्बन्धी वृहत निःशुल्क परामर्श शिविरको आयोजना गर्न लागेको हो ।

भदौ २० देखि २७ गतेसम्म चल्ने शिविरमा हस्पिटलले सम्पूर्ण परीक्षणमा ५०% तथा औषधिमा १०% छुट प्रदान गर्ने जनाएको छ । साथै, न्यूनतम शुल्कमा हिप तथा घुँडा फेर्ने प्याकेज उपलब्द्ध रहेको अस्पतालले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts