विश्व फिजियोथेरापी दिवस

फिजियोथेरापी किन आवश्यक छ ? जानौं...



Download our app to get more features

आज विश्व फिजियोथेरापी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । फिजियोथेरापी दुई शब्दबाट बनेको छ फिजियो र थेरापी । फिजियो भन्नाले फिजिकल र थेरापी भन्नाले ट्रीट्मेन्ट(उपचार) हो । फिजियोथेरापी भनेको मेडिकल साइन्सको ब्रान्ड हो । जसमा अर्थो, काडिर्यो, न्युरो, जेराटिक (बुढेसकालमा लाग्ने धेरै किसिमका नशा सम्बन्धी समस्या) बालबालिकामा हुने मानसिक समस्या, बालबालिकाको मानसिक विकासमा भइरहेको ढिलाइको उपचार हुने बताउँछन् फिजियोथेरापिस्ट डा. अनिलकुमार महतो । डा. महतोका अनुसार यस पद्धतिबाट उपचार गर्दा निम्न फाइदा हुन्छन् :—

साइड इफेक्ट हुँदैन 
फिजियोथेरापीको फोकस भनेकै साइड इफेक्टविनै उपचार गर्ने हो । बिरामीलाई केमा कन्फिडेन्ट गराउन सकिन्छ भने ५ दिन, १० दिन फिजियोथेरापी गर्दा साईड इफेक्ट हँुदैन । तर, डाक्टरको सल्लाह विनै लामो समयसम्म फिजियोथेरापी गर्ने हो भने त्यसले असर गर्छ । 

कस्तो व्यक्तिले फिजियोथेरापी गर्ने ? 
रोग नलागेको ब्यक्तिलाई पनि फिजियोथेरापी आवश्यक पर्छ । रोग लागेको वा कुनै समस्याबाट ग्रसित व्यक्तिलाई त अवश्यक पर्ने नै भयो । वाथ रोगका कारण जोर्नी खिएको, नशामा समस्या भएका, मुख बाँगिने समस्या भएका, हात खुट्टा नचलेका मानिसले फिजियोथेरापी गर्ने सक्छन् । यस्तै गर्भवति महिलाले पनि फिजियोथेरापी गरेमा पछि सहजै बच्चा जन्मन्छ । 

फिजियोथेरापीका यस्ता छन् प्रभावकारिता
केही अघिसम्म फिजियोथेरापी प्रयोग गर्ने मानिस धेरै कम थिए । कतिपयले त फिजियोथेरापीलाई विश्वास पनि गर्दैन थिए । फिजियोथेरापीबाट उपचार गर्दा ढिलो हुने भएकाले पनि उनीहरूले विश्वास नगरेका हुन सक्छन् । 

तर, अहिलेको अवस्था त्यस्तो छैन । औषधि खाने, सुई लागाउने जस्ता गतिविधिबाट मानिसहरु दिक्क भइसकेका छन् । ‘मलाई फिजियोथेरापी गर्नु प¥यो भन्दै बिरामीहरू आउन थालेका छन् । 

Last modified on 2019-09-08 11:39:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts