चितवन मेडिकल कलेजमा निःशुल्क डेंगु परीक्षण सुरु



Download our app to get more features

चितवन,२६ भदौ । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) ले विपन्न गरिब बिरामीका लागी बिहीवारदेखि निशुल्क रूपमा डेंंगु परीक्षण सुरु गरेको छ ।

अस्पतालको ईर्मेजन्सी कक्षमा अस्पताल निर्देशक प्रोफेसर डा. दयाराम लम्साल र अस्पतालका जनसम्पर्क अधिकृत हरी बोहराले भरतपुर महानगरपालिका १० का भरत लामालाई डेङ्गी परीक्षण गर्ने किट हस्तान्तरण गर्दै निःशुल्क परीक्षण सुरु गरेका हुन् । 

भरतपुर महानगरपालिका र चितवन प्रशासनको अनुरोधलाइ ध्यान राख्दै चितवन मेडिकल कलेजले बिहीबारदेखि निःशुल्क रुपमा डेंगु परीक्षण गर्ने गरेको कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले हाम्रो डक्टर न्यूजलाई जानकारी दिए ।

कलेजको समाजिक उत्तरदायित्व अन्तर्गत विपन्न तथा गरिबका लागी भन्दै सरकारको डेंगु नियन्त्रण अभियानमा सहयोग पुराउन १ हजार जनाको निःशुल्क डेगु परिक्षण गर्ने जनाएको छ । मेडिकल सिटी चितवनमा विगतदेखि नै सामाजिक अभियान अन्तर्गत विविध कार्यक्रम गर्दैआएको र अहिले देशैभर डेंगुको प्रकोप भएकोले यहिं अवस्थामा स्थानीय सरकारलाई समेत सहयोग पुर्‍याउने लक्ष्यका साथ यो अभियान सञ्चालनमा ल्याइएको कलेजले जनाएको हो ।
 

Last modified on 2019-09-12 19:12:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts