डेंगुका बिरामीको चाप बढेपछि नर्भिकमा छुट्टै वार्डको व्यवस्था



Download our app to get more features

काठमाडौं, २७ भदौ । नर्भिक इन्टरनेशनल अस्पतालले डेंगुका बिरामीको चाप बढेपछि छुट्टै वार्डको व्यवस्था गरेको छ ।

 डेंगुका बिरामीलाई विशेष व्यवस्थापन एवं उपचारका लागि छुट्टै वार्डको व्यवस्था गरेको हो ।अस्पतालमा १ दर्जन भन्दा बढी डेंगु ज्वरोका बिरामीहरु उपचाररत रहेका छन् । बिरामीको चाप बढ्दो क्रममा रहेका कारण छुट्टै क्लिनिक र छुट्टै वार्डको व्यवस्था गरिएको हो । सो वार्डमा हाललाई सुविधा सम्पन्न ६ वटा शैयाको व्यवस्था गरिएको छ । वार्डमा डेंगु हेल्प डेस्क र बिरामीहरुको शीघ्र तथा उपयुक्त रेखदेख, व्यवस्थापन एवं उपचारका लागि छुटै हेल्पलाइनको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

सहुलियत दर उपलब्धहुने उक्त क्लिनिक÷वार्डमा  चिकित्सकहरु तथा नसिङ्ग स्टाफहरु २४ सै घण्टा सेवारत रहने छन् भने विशेष सहुलियत दरमा डेङ्गू परिक्षण किट समेत उपलब्ध हुनेछ ।

डेंगु ज्वरो भएको यदि कसैलाई शङ्का लागेमा ९८०१२४७७५० मा तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था समेत गरिएको छ ।


 

Last modified on 2019-09-13 16:52:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts