डेंगु, रुघाखोकी, भाइरल जस्ता रोगबाट जोगिन अपनाउनुस् यो घरेलु उपाय



Download our app to get more features

अहिलेको परिवेशमा मुलुकका अधिकांश नागरिक डेंगु, भाइरल ज्वरो, रुघाखोकीको चपेटमा परिरहेका छन् । जसको प्रमुख कारण भनेको शरीरको रोग प्रतिरोधात्मक क्षमता अर्थात् ‘इम्युनिटी पावर’ कमजोर हुनु । 

रोगसँग लड्ने इम्युनिटी पावर कम हुँदा त्यस्ता संक्रमणले चाँडै चपेटामा लिन्छ । त्यसकारण सबैभन्दा पहिले त शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई नै सँधै बलियो बनाएर राख्नुपर्छ ।

मानिसहरु यी यस्ता समस्याबाट बच्न चिकित्सकको सल्लाहबिनै विभिन्न औषधिहरु प्रयोग गर्न थाल्छन् । जसले गर्दा अन्य स्वास्थ्य समस्या पनि आउन सक्छ । तर, केही उपायहरु यस्ता पनि छन्, जसले घरमै बसेर पनि उपचार गर्न सकिन्छ । 

सबैलाई थाहा छ होला आयुर्वेदिक गुणले भरिएको तुलसीको अनेक फाइदा हुन्छ । तुलसीको पातमा विभिन्न प्रकारका औषधिय गुण पाइन्छ । तुलसीको पातको सेवनले इम्युनिटी सिस्टम बलियो बनाउने, तनाव, टाउको दुखाई वा साइनसाइटिसबाट समेत बच्न सकिन्छ । 

विभिन्न अध्ययनहरुका अनुसार तुलसीको पातले विभिन्न संक्रमण विरुद्ध टी साइटोकिन्स, एनके (नेचर किलर) सेल र टी लिम्फोसाइट्स जस्ता इम्यून सेल्सको उत्पादन बढाउँछ । 

तुलसीमा पाइने एन्टीअक्सिडेन्ट र एन्टीइन्फ्लैमटोरी गुणका कारण ज्वरो र रुघा–खोकीलाई नियन्त्रण गर्न मद्दत गर्दछ । तुलसीमा इम्यून–मोडुलेटरी तत्व पाइन्छ, जसले इम्युनिटी सिस्टमलाई बलियो बनाउनमा समेत सहयोग पुग्छ । 

प्रयोग गर्ने विधी 
तुलसीको चियाः तुलसीको केही पातलाई एक कप तातो पानीमा १० मिनेटसम्म उमाल्ने गर्नुपर्छ । त्यसपछि ज्वरो, मलेरिया र डेंगुबाट राहत पाउनका लागि दिनमा दुई पटक सम्म पिउनुपर्छ । 

तुलसी र दूधः यदि तपाईंलाई ज्वरोले निकै साताएको छ भने दुधमा तुलसीको पात मिलाएर पिउनुपर्छ । यसका लागि आधा लिटर पानीमा तुलसीको पात र सुकुमेल पाउडर घोलेर उमाल्नुपर्छ । यसमा दूध र चिनी मिलाएर पिउन सकिन्छ । 

तुलसीको जुसः शरीरको तापमान कम गर्न तुलसीको पातको जुस पिउन सकिन्छ । यो बालबालिकाका लागि निकै प्रभावकारी मानिन्छ । १० देखि १५ वटा पातलाई थोरै पानीमा मिलाएर जुस निकाल्ने र दुई्तीन घण्टामा चिसो पानीसँग पिउनुपर्छ । यसले रुघा–खोकी र ज्वरो जस्ता समस्याबाट बच्न सकिन्छ । 

Last modified on 2019-09-18 09:54:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts