बच्चामा वृद्धि विकास भए नभएको यसरी थाहा पाउनुहोस् 



Download our app to get more features

आजका बालबालिका भविष्यका कर्णधार हुन् । यसकारण सुन्दर भविष्य चाहने हो भने शिशु गर्भमा बसेदेखि नै उसलाई स्वस्थ वातावरण दिनुपर्छ । अन्यथा उसको शारीरिक, मानसिक वृद्धि र विकासमा असर पर्छ । बच्चामा समय अनुसार शारीरिक र मानसिक विकासका लागि निम्न विषयमा ध्यान दिन इण्डोक्राइनोलोजिष्ट बजरङ्गकुमार रौनियारको सुझाव छ ।

बाल्यकाल मानव जीवनको सबैभन्दा महत्वपूर्ण समय हो । शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक हरेक दृष्टिले यो समय निकै महत्वपूर्ण मानिन्छ । यो उमेरमा देखापर्ने विशेषताका आधारमा उसको भविष्यको आकलन गर्न सकिन्छ । 

गर्भमा र जन्मेपछि शिशुले पाउने स्याहार सुसार, खानपान हरेक कुराले उसको शारीरिक मानसिक वृद्धिविकासमा महत्वपूर्ण भूमिका खेल्छ । 

वृद्धि विकास भए/नभएको यसरी थाहा पाउने 

गर्भमा रहदा पनि बच्चाको वृद्धि र विकास भए÷नभएको भिडियो एक्स रे गरेर थाहा पाउन सकिन्छ । साथै आमाको पेटको आकार, बच्चाले पेटभित्र गर्ने चाल आदिबाट पनि थाहा पाउन सकिन्छ । 
साथै जन्मेपछि पनि उसले सोही उमेरका अन्य बच्चाको जस्तो व्यवहार देखाएको छ की छैन् ? असामान्य व्यवहार देखाएको छ की ? उसको उचाई, तौल सामान्य छ की छैन् ? उसमा आउनु पर्ने परिपक्वता आएको छ की छैन् ? स–साना कुरामा ध्यान पुर्याउनु पर्छ । 

यदि बच्चामा व्यावहार, बोली, उसका क्रियाकलाप, शरीरका अंगमा वृद्धि सामान्य रुपमा भएको छैन भने उसको वृद्धि विकासमा के कारण असर पुगिरहेको पत्ता लगाउनु पर्छ । 

वृद्धि विकास रोक्ने व्यवहार 

गर्भमा रहदा, 

  • आमामा पौष्टिक आहारको कमी हुनु ।
  • आइरन चक्की, क्याल्सियमको प्रयोग नगर्नु ।
  • चोटपटक लाग्नु ।
  • शारीरिक तथा मानसिक तवान हुनु ।
  • उच्च रक्तचाप, मधुमेह लगायतका समस्या देखिनु ।
  • जथाभावी औषधिको सेवन गर्नु ।

जन्मपश्चात,

  • बच्चा जन्मेको ६ महिनासम्म आमाको दुध नखुवाउनु ।  
  • शिशु ६ महिना भएदेखि २ वर्षसम्म आमाको दुध बाहेक सन्तुलित रुपमा पौष्टिक आहार नखुवाउनु ।
  • बच्चा तथा आमा सफासुग्गर नहुनु ।
  • आमामा पौष्टिक आहारको कमी हुनु ।
  • उमेर अनुसारका खोपहरू नलगाउनु । 
  • बच्चा पटकपटक बिरामी हुनु ।
  • उसको उमेर अनुसार खेल्न, पढ्न, हिडडुल गर्न, समाजमा घुलमिल गर्न रोक लगाउनु ।
  • वंशाणुगत गुण ।

निम्न कुरामा ध्यान दिने 

  • गर्भमै रहँदै आवश्यक खानपान, सरसफाई, खोप लगायतका सबै कुरामा राम्रो ध्यान पुर्याउनु पर्छ ।
  • जन्मिएपछि आमाको साथै परिवारले सबै सदस्यले बच्चाको विकास र वृद्धिमा ध्यान दिनुपर्छ । 
  • बच्चाको व्यवहार सामान्य छ÷छैन, यसमा आउनु पर्ने परिवर्तन स्वभाविक ढंगले आएको छ÷छैन विचार गर्नुपर्छ । 
  • कुनै पनि कुरा असामान्य लागे चिकित्सकको परामर्श लिनुपर्छ । त्यसपछि असामान्य हुनुको कारण पत्ता लगाई उपचार गरि सामान्य अवस्थामा ल्याउन सकिन्छ ।

 

Last modified on 2019-09-18 15:39:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts