नर्भिकमा तौल कम गर्ने जटिल शल्यक्रिया सेवा शुरु



Download our app to get more features

काठमाडौं, २ असोज । नर्भिक इन्टरनेशनल हस्पिटलमा मोटोपन कम गर्ने जटिल शल्यक्रिया सेवाको सुरुवात गरिएको छ । 

जनरल, जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकरुको टोलीले नर्भिकमा  अस्वाभाविक मोटोपनका कारण सिर्जित उच्च रक्तचाप र अब्स्ट्रक्टिभ स्लिप अप्निया रोगले पीडित ६५ वर्षिया महिलाको शल्यक्रिया मार्फत तौल कम गरेको छ ।

इमाडोल निवासी ६५ वर्षिया बुढाथोकी विगत लामो समयदेखि मोटोपनको समस्याबाट पीडित थिइन् । उनलाई डिह्डुल गर्न गाह्रो, रक्तचाप बढेर १६०/९० भन्दा तल नझर्ने समस्या, अलिकति हिँड्दा पनि स्वाँ स्वाँ हुने समस्या, राति निन्द्रा नपर्ने समस्याले बढी सताएको थियो । साथै राति तारान्तार पिसाव फेर्न गइरहनुपर्ने अर्को विकराल समस्याले पीडित बुढाथोकीको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । 

शल्यक्रियापूर्व हस्पिटलमा भर्ना हुँदा उनको तौल ९० के.जी. थियो हाल उनको तौल ८५ के.जी.मा झरिसकेको र वि.एम. आई. पनि ४१ मात्रै रहेको डा. आरपी मैनालीले बताए । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts