मुटु दिवसको अवसरमा वयोधाको विशेष योजना



Download our app to get more features

काठमाडौं, ११ असोज । विश्व मुटु दिवसको अवसरमा वयोधा अस्पतालले विशेष सेवा सहितको योजना ल्याएको छ । 

दिवसको अवसरमा अस्पतालले ३ दिनसम्म मात्र १ सय ९९ रुपैयाँमा मुटु जाँच सम्बन्धी योजना ल्याएको छ । 

जसमा मुटुरोग विशेषज्ञद्वारा जाँच, ईसीजी जाँच, टोटल कोलेस्ट्रोल, ब्लड सुगर र भाइटल साइन लगायतका सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।

साथै डाक्टरद्वारा लेखिएका हस्पिटलमा हुने रगत जाँचहरुमा ३० प्रतिशत साथै इको/टीएमटीमा ५० प्रतिशत सम्मको छुटको पनि व्यवस्था गरिएको छ ।

शुक्रबारबाट सुरु भएको यो योजना भोलीसम्मका लागि मात्रै भएको र यसका लागि भने अग्रिम नाम दर्ता गराउनुपर्ने अस्पतालले जनाएको छ ।

Last modified on 2019-09-28 10:15:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts