मुटु जोगाउन डा. अरुण सायमीको डियर फर्मुला

What's This?


Download our app to get more features

   पछिल्लो समय मुटु रोगीको संख्या बढ्दो क्रममा रहेको चिकित्सकहरु बताउँछन् । चिकित्सक अनुसार मुटु रोग व्यक्तिको जिवनशैलीकै उपज हो । खानेकुराको सन्तुलन गर्न नसक्नु, स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्था नजानु तथा तनाव लिइरहनाले पनि मुटुमा समस्था देखिन्छ । 

मुटु सम्बन्धि देखा पर्ने विभिन्न समस्याको समाधानका लागि चिकित्सकहरु जीवनशैलीमा परिवर्तन ल्याउनै पर्ने बताउँदै आएका छन् । स्वस्थ मुटुका लागि मुटु रोग विशेषज्ञ डा. अरुण सायनीको डियर फर्मुला यस्तो छ । 

आजकाल मुटु रोग काठमाडौं उपत्यका लगाएका ठाउँमा प्रदुषणका कारणले पनि हुने  गरेको छ । मुटुलाई जोगाउन धुमपान सेवन नगर्नु भनिन्छ । तर आजकाल धुमपान नगर्नेलाई पनि प्रदुषणका कारणले विभिन्न समस्या देखिने गरेको डा सायमि बताउँछन् । साथै सुगर प्रसर र कोलस्टोल बढेर र धेरै जसो तनावमा रहनाले मुटु रोग लाग्ने गर्छ ।

मुटु रोग लाग्न नदिन निम्म कुरामा ध्यान दिनुपर्छ:
डाइट 

स्वस्थ्यकर खानेकुराले मुटु रोग लाग्नबाट बचाउँछ । खानेकुरा सन्तुलित र स्वस्थ हुनुपर्छ 
एक्सरसाइज 
नियमित एक्सरसाइज गर्ने गनुपर्छ । जसले मुटुलाई जोगाउँछन् । 
एडिक्सन फ्रि 
सुरोट , सुर्ति लगायतका स्वास्थ्यलाई असर पुर्याउने धुम्रपान तथा मध्यपानको कारणले पनि मुटु रोग लाग्न सक्छ । त्यसैले यीनीहरुको लतबाट जोगिनुपर्छ । 
रिल्याक्स 
धेरैजसो मुटु रोग तनावको कारणले लाग्ने गर्छ । त्यसैले सधै तनावमुक्क्त रहन सकियो भने मुटुलाई बचाउन सकिन्छ ।

Last modified on 2019-10-01 06:24:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts