यात्रा गर्दा वान्ता हुने समस्या छ भने अपनाउनुस यी उपाय...



Download our app to get more features

दशैंको बेला उपत्यकाबाट झन्डै २० लाखभन्दा बढी मानिसहरु आफ्नो घर जान्छन् । दशैंमा घर जानेहरु घटस्थापनादेखि नवमीसम्म नै मानिसहरु घर जान्छन् भने टिका लगतै मान्छेहरु फर्कने क्रम पनि सुरु हुन्छ । यो अवस्थामा धेरै मानिसहरुलाई बाटो घुमाउरो हुँदा वा गाडी वा हजाई जहाजमा यात्रा गर्दा रिँगटा लाग्ने, वाकवाकी आउने, असहज अनुभव गर्ने समस्याबाट पीडित हुनेहरूको संख्या पनि धेरै हुन्छ । बोलचालको भाषामा ‘गाडी लाग्नु’ भनिने यो समस्यालाई चिकित्सकीय भाषामा ‘मोसन सिकनेस’ भनिन्छ । घरपरिवारका सदस्यलाई कोशेली लग्ने क्रममा बजार त जान्छौं तर, आफ्नो स्वास्थ्य वा यो समस्यालाई वेवास्ता गर्दा समस्या बल्झिन सक्छ । त्यसकारण घर फर्कदै गर्दा यस्ता समस्याबाट जोगिनकालागि चिकित्सकको सल्लाहमा औषधि सेवन गरेर वा साथमा लिएर मात्र यात्रा गर्नु उचित हुन्छ ।

गाडी, हवाई जहाज र डुंगा आदिबाट यात्रा गर्दा धेरैजसो व्यक्तिलाई यस्तो समस्या देखिने हुन्छ । यो गम्भीर समस्या त होइन, तर यसले बेचैनी, पसिना आउने, रिँगटा लाग्ने र वान्तासम्मको चक्रले व्यक्तिलाई आलसतालस बनाउँछ । त्यसैले यात्राका बेला गाडी लाग्ने अर्थात मोसन सिकनेसको समस्या छ भने चिकित्सकको सल्लाह लिएर औषधि सेवन गरेर यात्रा गर्न चिकित्सकको सुझाब छ । गाडी लाग्नु भनेको व्यक्तिविशेषको शरीरको सन्तुलनलाई अनुभव गर्ने अवस्थासँग जोडिएको समस्या हो । यात्रा गर्दा शरीरको इन्द्रियहरु आँखा कान आदिले सन्तुलित ढंगबाट आआफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य बान्ता उत्पन्न हुने चिकित्सकहरु बताउँछन् । 

कसलाई हुन्छ मोसन सिकनेस ? 
♦ दुई वर्षदेखि बाह्र वर्षसम्मका बालबालिका यस्तो समस्याप्रति अति संवेदनशील हुन्छन् । 
♦ महिलालाई पनि बढी मोसन सिकनेस हुने गर्दछ । 
♦ गर्भवती, रजस्वला भइरहेका वा हार्मोन लिइरहेका महिलाहरूलाई पनि गाडी लाग्ने अर्थात मोसन सिकनेस हुन्छ । 
♦ माइग्रेन भएकाहरूलाई समेत बढी मोसन सिकनेस हुने गर्दछ । 

मोसन सिकनेसबाट बच्ने तरिका 
♦ गाडीमा बसेको बेला सीधा हेर्ने गरे यो समस्या कम हुन्छ । 
♦ आँखाको दृष्टि झ्याल छेउछाउका वस्तुमा भन्दा टाढा केन्द्रित गर्नुपर्छ । 
♦ गाडीको पछिल्लो सिटमा बस्दा गतिको अनुभूति बढी हुन्छ, त्यही भएर गाडी लाग्ने अर्थात मोसन सिकनेस भएकाहरूले सम्भव भएसम्म गाडीको अगाडि बस्नुपर्छ ।
♦ गाडि लाग्ने व्यक्तिहरूले यात्रा गर्नुअघि प्रोक्लोरपेराजिन वा जेनरिक नाम भएको औषधि सेवन गर्दा राहत मिल्छ ।

Last modified on 2019-10-05 10:32:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts