दशैंमा मिर्गाैला सम्बन्धी समस्या भएकाले खानपान गर्दा ध्यान दिनुस् यी कुरामा



Download our app to get more features

 ♦ कम प्रोटिनयुक्त खाना खाने, धेरै दुध, गेडागुडी, पनिर, अन्डा नखाने ।
♦ चर्को नुन, धेरै चिल्लो, मसालेदार, बोसोयुक्त खाना नखाने ।
♦ अत्यधिक अमिलो हालेर बनाएको अचार वा अन्य परिकार नखाने ।
♦ रक्सी सेवन र धुम्रपान पूर्ण रुपले नै बन्द गर्ने ।
♦ कुनै पनि परिकार बनाएर लामो समयसम्म फ्रिजमा राखेर नखाने ।
♦ औषधि नियमित सेवन गरिरहेका व्यक्तिले खानपानमा ध्यान नदिँदा मिर्गौला फेल हुने सम्भावना बढी हुने र डायलइसिस गर्नुपर्ने अवस्था आउन सक्ने हुँदा खानपानमा सँधै सचेत हुनुपर्छ । 

डायलइसिस गराइराखेकोले के खाने ?
♦ कम प्रोटिनयुक्त खाना खाने ।
♦ धेरै तौल भएको वा कम तौल भएको बिरामीले चिकित्सकको सल्लाह अनुसार खाना खाने ।

मिर्गौला प्रत्यारोपण गराएकोले के खाने ?
♦ मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ भने खानपानमा कुनै रोकटोक हुँदैन । तर, खानापानमा सँधै ध्यान दिनुपर्छ ।
♦ स्वस्थ व्यक्तिले खाने खाना सरह मिर्गौला प्रत्यारोपण गराएकोले पनि खान सक्छन् ।

तर, खानापानमा कुनै रोकटोक नहुँदा जथाभावी खानु उचित होइन । त्यसले फेरि मिर्गौलामा जोखिम निम्त्याउन सक्ने सम्भावना हुन्छ ।

अन्त्यमाः खानामा सलाद समावेश गराउँदा अत्यधिक मात्रामा पनि सेवन गर्नु उचित हुँदैन । अत्यधिक मात्रामा सलाद सेवन गर्दा त्यसले शरीरमा पोटासियमको मात्रा बढाएर मिर्गौलालाई असर गर्न सक्ने खतरा हुन्छ । तसर्थ सलाद खाँदा पनि सन्तुलित मात्रामा मात्रै सेवन गर्नुपर्छ ।

Last modified on 2019-10-06 09:57:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts