मुटु सम्बन्धी समस्या छ ? दशैंमा यसरी खानपान गर्नुहोस्



Download our app to get more features

दशैं भन्ने बित्तिकै प्रायःको बुझाईमा मासु हुन्छ । रमाइलो गर्ने पर्वको रुपमा लिइने दशैंमा आज अष्टमीका दिन बलि प्रदान गरेसँगै खानपान पनि सुरु हुन्छ । हुन त दशैंमा सँधै मिठो मसिनो खाने गरिएपनि कतिपयले बलि प्रदान गरेपछि मात्रै मासु खाने गर्छन् । मासु खादै गर्दा विभिन्न स्वास्थ्य समस्या भएकाले विभिन्न तरिकाले आफ्नो खानपानमा ध्यान दिनुपर्ने हुन्छ ।

मानिसमा देखिने साझा समस्या भने मुटु रोग हो । मुटु सम्बन्धी रोगीले दशैंमा कसरी खानपान गर्दा सहज हुन्छ ? जानौं केही टिप्स, मुटुरोग विशेषज्ञ डा.कमल लम्सालबाट

धेरै नुनिलो, चिल्लो नखाने ।

मसालेदार खाना नखाने ।

रातो मासुको साटो सेतो मासुको सेवन गर्ने ।

खनामा सलादको प्रयोग गर्ने ।

नियमित व्यायाम गर्ने ।

मदिरा सेवन गर्दा रक्तचाप उच्च हुने खतरा हुँदा मदिरा सेवन नगर्ने ।

धुम्रपान गर्दा पनि मुटुको गति तिव्र हुने र रक्तचाप बढी हुने हुँदा धुम्रपान नगर्ने ।

खानामा सकेसम्म बोसोयुक्त पदार्थको प्रयोग नगर्ने, किनकी बोसोले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउने हुँदा मुटुलाई असर गर्छ ।

मुटु रोग को अप्रेशन भएको अवस्थामा र नियमित औषधि सेवन गरिरहनेले खानपानमा सँधै ध्यान दिनुपर्छ ।

Last modified on 2019-10-07 08:44:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts