गर्भावस्थामा सुत्दा ध्यान दिनुस् यी कुरामा...



Download our app to get more features

एक अध्ययनले गर्भवती महिलाहरुले गर्भावस्थाको तीन महिनापछि  बिस्तारामा दायाँ बायाँ  फर्कि फर्कि अर्थात कोल्टे फेर्दै सुत्ने गरेमा मृत बच्चा जन्मिने खतरा धेरै हदसम्म कम हुने देखाएको छ ।

एक हजार गर्भवती महिलाहरुमा गरिएको उक्त अध्ययनले  गर्भावस्थाको आखिरी महिनामा कम्मरको बलमा सुत्ने गर्नाले मृत बच्चा जन्मिने खतरा बढि भेटिएको छ ।  अध्ययनका क्रममा समावेश गरिएका २९१ बच्चाहरु मृत जन्मेका थिए भने ७३५ बच्चा स्वस्थ रुपमा नै जन्मिएका थिए । 

शोधकर्ताका अनुसार यदि गर्भवती महिलाहरु दिउँसो अथवा राति जतिबेला सुत्दा पनि कम्मरमा जोड नदिई यताउता फर्किदै सुत्दै गर्नु अति आवश्यक छ । तर निदाएर बिउँझिदा आफ्नो शरीरको बल कम्मरमा परेको महसुस भएमा भने त्यसलाई तनावको विषय नबनाई हल्का रुपमा लिन पनि उनिहरुले सुझाव दिएका  छन् ।

ब्रिटेनमा प्रत्येक वर्ष २२५ शिशु मृत रुपमा जन्मिने गर्दछन् । शोधकर्ताहरुका अनुसार यदि गर्भवती महिलाहरु दायाँ बायाँ फर्किदै सुत्दै गरेमा भने यो मृत्युदर घटाएर १३० शिशुको ज्यान जोगाउन सकिने छ । माइनेस स्टडी एक उपल्लो स्तरको अध्ययन हो जुन ब्रिटेनको स्त्री एवंं प्रसूतीसँग सम्बन्धित अखबारमा हालै छापिएको छ । यो शोधले अष्टे«लिया तथा न्यूजीरल्याण्डमा गरिएका यसैविषयका अध्ययनहरुको पनि पुष्टि गर्ने  उल्लेख गरेको छ । यो रिसर्चलाई प्रोफेसर एलेक्जेण्डर हीजलको नेतृत्वमा पूरा गरिएको हो जो टाँमिल स्टिलबर्थ रिसर्च सेण्टरका निर्देशक समेत हन् । 

अध्ययनका क्रममा समावेश गरिएका गर्भवती महिलाहरुलाई खासगरी तपाईको सुताइएको पोजिन कस्तो छ भनी सोधिएको थियो । शोधकर्ताले गर्भवती महिलाहरुलाई यो सुझाव दिएका छन् कि तपाई कस्तो पोजिनमा उठ्नुहुन्छ त्यतातिर पटक्कै ध्यान नदिनुहोस् तर तपाई कस्तो पोजिनमा सुत्नुहुन्छ त्यसतर्फ भने खुब चनाखो हुनुहोस् ।

शोधकर्ताहरुले दाबीका साथ नबताएपनि आँकडाहरुले सुताइका कारण  मृत बच्चा जन्मने खतरा अधिक हुने देखाएको बताएका छन् । जब कोही गर्भवती महिला कम्मरको बलमा सुत्छिन् तब बच्चा तथा गर्भाशयको कारण रक्तनलीमा दबाब सिर्जना हुने गर्दछ र बच्चालाई रगत तथा अक्सिजन पर्याप्त मात्रामा पुग्दैन् जस्काकारण शिशुको मृत्यु हुन सक्दछ ।

शोधकर्ताहरुले गर्भावस्थामा कसरी सुत्ने केही टिप्स पनि दिएका छन् । जुन यहाँ प्रस्तुत गरिन्छ ।

  • कम्मरको पछाडी सिरानी राखेर सुत्ने गरौं ता कि यताउता फर्किदै सुत्न सहिजो होस्। 
  • राति निद्राबाट बिउँझिदा चेक गरौं कि आफू कुन पोजिसनमा सुतेको थे भनेर त्यसपछि फेरी अर्कोतिर फर्केर सुतौं ।
  • दिनमा सुत्दा पनि घरी दायाँ घरी बायाँ फर्केर्दै सुत्दै  गरौं।
  • यदि रातमा ब्युझिँदा तपाईलाई कम्मरको बलमा सुतेको महसुस भयो भने नआत्तिनुहोस् केही फरक पर्दैन् ।
  • तपाई दायाँ तथा बायाँ जतापनि फर्केर सुत्न सक्नुहुन्छ तर पोजिसन भने  परिवर्तन गरिरहनुहोस् ।
Last modified on 2019-10-12 13:30:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts