विश्व बाथरोग दिवसको अवसरमा नेशनल बाथरोग सेन्टरले २१ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने



Download our app to get more features

काठमाडौं, २४ असोज । नेशनल वाथरोग सेन्टरले विश्व बाथरोग दिवसको अवसरमा शनिवार २१ वटा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । वाथरोग निवारणको लागि विश्वभरनै जागरण अभियान स्वरुप हरेक वर्ष १२ अक्टोवरका दिन विश्व बाथरोग दिवस मनाउने गरिन्छ । 

सेन्टरले यो वर्ष नेपालको विभिन्न ठाँउहरुमा २१ वटा निशुल्क स्वास्थ शिविरका साथै १२ वटा सिएमइ पनि सञ्चालन गर्ने जनाएको छ । साथै काठमाण्डौ बाहिरका विभिन्न जिल्लाहरुको स्वास्थकर्मीहरुलाई एकदिनको बाथरोग सम्बन्धि तालिम पनि दिइने छ । काठमाडौ बाहिर बाथ रोगका जनशक्तिको अभाव हुने भन्दै सेन्टरले हरेक महिना काठमाडौं बाहिरका जिल्लामा तालिम प्रदान गर्ने योजना रहेको जनाएको छ । जसबाट जहाँ बाथ रोगका जनशक्तिको अभाव छ, त्यहाँका  बाथरोगका बिरामीहरुले उपचार पाउने छन् ।

बाथरोगबाट ग्रसित जनंसख्या मध्ये ५ प्रतिशत मात्र उपचारको पँहुचमा छन् । यसका मुख्य कारणहरु भनेको मानिसमा जनचेतनाको अभाव हुन् त्यसैगरी सहकारी निकायमा बाथरोगको उपचारको विभाग नै नहुनाले पनि धेरै बिरामीहरु उपचारको पहुचबाट टाँढा भइरहेका सेन्टरको दावी छ ।  

यस वर्ष पनिDon’t Delay Connect Today’ ’ भन्ने मुल नाराका साथ विश्वभर बाथरोग दिवस मनाइएको छ । नेशनल बाथरोग सेन्टरले बाथरोग जागरण अभियानलाई निरन्तरता दिने क्रममा एक दिन मात्र नभएर वर्ष भरिनै अभियान सञ्चालन गर्न छ ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts