सिंगापुरले बन्द गर्यो अस्वस्थकर पेय पदार्थ, बन्यो विश्वकै पहिलो मुलुक



Download our app to get more features

सीएनएन, २६ असोज । सिंगापुरले अस्वस्थकर पेय पदार्थ र सुगरको मात्रा उच्च भएको खाद्यपदार्थमा बन्देज लगाएको छ ।

विश्वभर मधुमेहका कारण लाखौं नागरिक प्रभावित भइरहेको बेला सिंगापुरले यस्ता खाद्य पदार्थमा बन्देज गर्दै विश्वकै पहिलो मुलुक समेत बनेको छ ।

सिंगापुरको स्वास्थ्य मन्त्रालयले गुलियो पेय पदार्थ, मिठाईमा बन्देज लगाउँदै सम्पूर्ण सञ्चार क्षेत्रलाई यो विषयमा कुनैपनि किसिमको विज्ञापन प्रसासरण प्रकाशन नलगाउन आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार नागरिकसँगको सल्लाहमा यो निर्णय गरिएको हो ।

जुस, दही, सामान्य पेय पदार्थ र चिया कफीले पनि मानिसको स्वास्थ्यलाई प्रभावित पार्ने गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले यो विषयमा ग्राहक तथा उद्योग व्यवसायीसँग केहि महिना प्रतिक्रिया लिएर थप जानकारी दिइने र आउने वर्ष यसलाई लागू गरिने जनाएको छ ।
 

Last modified on 2019-10-14 06:57:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts