बुढेसकालमा किन महिला पातला र होचा देखिन्छन् ? जानौं



Download our app to get more features

एजेन्सी, २७ असोज । बैंसमा हृष्ठपुष्ट र उच्च कदका महिला पनि ढल्दो उमेरसँगै पातला र होचा भएको दृश्य हामी धेरैले देखेको अनुभव गरेका छौं । तर, यस्तो किन भएको होला भनेर कमैले सोच्ने गर्छौ । उमेर बढेसँगै शरीर पातलो र कद होचो हुनु एक प्रकारको रोग हो । यसलाई ओस्टियोपोरोसिस भनिन्छ । यो अवस्था शरीरका हड्डीहरु कमजोर भएमा आउने गर्छ । जानौं यो समस्याका अन्य लक्षण र बच्ने उपाय :-

बढ्दो उमेरसँगै तपाईको शरीर पातलो र कद पनि होचो भइरहेको छ भने तपाईंको मेरुदण्डका हड्डीहरु कमजोर भइ खुम्चिरहेका छन् भन्ने बुझ्नु पर्छ । वास्तवमा मेरुदण्ड स्प्रिङ जस्तो हुन्छ । जब यो कमजोर हुन्छ त्यसबेला काम गर्न सक्दैन । मेरुदण्डले स्प्रिङको जसरी काम गर्न सक्दैन तब मानिसको उचाई कम हुन पुग्छ । यो मेरुदण्डमा हुने गम्भीर समस्या पनि हो । तपार्इंलाई लाग्नसक्ला की यस्तो अवस्था बारे किन कुनै पत्तो भएन । जब नशामा समस्या देखिन्छ तब मात्रै मानिसलाई दुखेको महशुस हुने हो । नशामा चोट नपुगी मेरुदण्डमा मात्रै हुने समस्याबारे मानिसले थाहा नै पाउँदैनन् । 

किन खुम्चन्छन् हड्डी
यसरी हड्डीहरु खुम्चिनुलाई आँस्टियोपोरोसिस भनिन्छ । जसको अर्थ हुन्छ बढ्दो उमेरसँगै हड्डी कमजोर हुनु । यो अवस्थामा हड्डीको घर्षण क्षमता निकै कमजोर हुन्छ । अर्थात हड्डीलाई जोड्ने बोसोको घनत्व कम हुन्छ । यद्यपि, अन्य बेलामा यो समस्या हुँदैन भन्ने होइन ।  
तर बढ्दो उमेरका महिलामा यो समस्या बढी हुन्छ । किनकी उनीहरूमा हुने महिनावारी, गर्भावस्था, गर्भपतन र महिनावारी सुक्ने आदि कारणले बढी असर गर्छ । यसकारण महिलाले पुरुषको तुलनामा हड्डीको बढी ख्याल गर्नुपर्छ । गह्रौं भारी बोक्ने, लगातार एकै स्थानमा बस्ने, उठ्ने कारणले पनि हड्डीमा नोक्सनी पुग्छ । 

यो समस्याबाट कसरी बच्ने ?


क्याल्सियम, भिटामिन डीको सेवन र सही आहार अनुसरण गरिए यो समस्याबाट बच्न सकिन्छ । अझ महिलामा सन्तान उत्पादन गराउने एक प्रकारको हार्मोनले हड्डीलाई बढी असर गर्छ । अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान गरेमा महिलामा मात्रै होइन सबैमा यो समस्या आउँछ । 

यी कुरामा ध्यान दिआंै
– जन्मेदेखि किशोर अवस्थासम्म मात्रै हाम्रो हड्डी बलियो हुने र विकास हुने हो । यसकारण यो बेला खापानमा विषेश ध्यान दिनुपर्छ । 
– भिटामिन डी, क्याल्सिय, प्रोटिन र कार्बोहाइड्रेटले भरिपूर्ण खानपान गरौं । 
– सक्रिय जीवनशैली अपनाऔं । 
– व्यायमको दैनिक रुटिन बनाऔं । तौल नियन्त्रणमा राख्नुको साथै धेरै गह्रौं सामान उचाल्ने नगरौं । 
 

Last modified on 2019-10-15 08:37:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts