नियमित योग अभ्याँसका चामत्कारिक ९ फाइदा, सक्दो शेयर गरौं



Download our app to get more features

काठमाडौं । महादेवबाट सप्तऋषि हुँदै विकास भएको भनिएको प्राचिन योग विज्ञान हिजोआज धेरैले बुझेका छैनन् वा बुझाइएको छैन । योग शारीरिक, मानसिक एवं सामाजिक रोगको निवारणमात्र होइन एउटा अनुशासित र मर्यादित जीवनपद्धति पनि हो । तर, आधुनिक समाजले लामो समयसम्म ग्रहण गर्न नसकेको योग सभ्यता विस्तारै फेरी विश्वभर फैलँदै छ । ऋषिमुनीहरुले तपस्या गरेका हिमलाय श्रींखलाका सन्तति भएर पनि नेपालले योगको प्रवद्र्धनमा खासै कदम चाल्न सकेको छैन । भारत लगायत युरोप र अमेरिकामा धेरै हदसम्म प्रवद्र्धन भैसकेको योग अभ्याँस र संस्कारलाई नेपालमा प्रवद्र्धन गर्ने उद्देश्यले वर्षमा दुई दिन योग दिवस मनाइन्छ । जुन २१ म विश्व योग दिवस र माघ १ गते राष्ट्रिय योग दिवसका रुपमा योगका बारेमा सतही छलफल हुने गरेको छ । तर, यसलाई व्यापक र जनजनमा पुर्याउने गरी भने काम हुनसकेको छैन । 

योग अभ्याँसका ९ फाइदाहरु यसप्रकार छन् । जुन तपाईंले आजसम्म थाहा नपाएको हुनसक्छ । 

१. लचकता, शक्ति र संरचनाका लागि 
दैनिक योग अभ्याँसले शरीरका अंग र भागहरुमा लचकताको वृद्धि गर्छ । यसले एउटा लय निर्माण गर्छ जुन आनन्ददायक हुन्छ । शरीरको हात, पाखुरा, काँध, खुट्टा र जोर्नीहरुको संरचनामा शक्ति र लचकता सिर्जना गर्छ । र, यो जुनसुकै अवस्था र उमेरका मान्छेले क्षमता अनुसार अभ्याँस गर्नसक्छन् । 
दैनिक केही मिनेटको योगले तपाईंलाई स्फूर्त र शक्तिशाली बनाइदिन्छ । 

२. समग्र व्यायाम र तन्दुरुस्ती
धेरै मान्छेले जब व्यायाम र तन्दरुस्तीका बारेमा सोच्छ सबैभन्दा पहिले उसले जीम सम्झन्छ । तर, जीमले मात्र होइन नियमित योगअभ्याँसले पनि आधुनिक व्यायामलेझैं तौल घटाउँछ र मान्छेलाई तन्दुरुस्त देखाउँछ । घरमै बसेर, शान्त वातावरणमा र उन्मुक्त भएर गरिने योग जीमको अभ्याँसभन्दा कयौं गुणा बढि लाभप्रद हुन्छ । 

३. तौल गिरावट
तौल घटाउने नाममा कठिन आसन गर्नुपर्छ भन्ने हुन्न । नियमित रुपमा गरिने सहज आसन र क्रियाहरुले पनि शरीरको मेटावोलिक प्रणालीमा बल प्रदान गर्छ जसले शरीरमा रहेको फ्याट घटाउन मद्दत गर्छ । शरीरमा यसले हर्मोनको सन्तुलन निर्माण गर्छ जसले मान्छेको शरीरलाई सामान्य बनाइराख्छ । यसले तनाव न्यूनीकरणको हर्मोन समेत उत्पादन गर्छ । 

४. उर्जा बढाउन
दैनिक केही मिनेटको योगअभ्याँसले मानिसलाई उर्जा प्राप्त हुन्छ । जुन हिजोआजको व्यस्त र प्रतिस्पर्धी दुनियाँमा सबैलाई आवश्यक छ । योग अभ्याँसले शरीरमा निरन्तरको स्फूर्तिमात्र होइन निरन्तर उर्जासमेत प्रदान गरिरहन्छ । शरीर र स्वासको अलग्गै सन्तुलनले ताजा अनुभूति गराइरहन्छ । दैनिक अभ्याँसले मानिसको मुख्य उर्जा उत्पादन गर्ने चक्र सँग साक्षात्कार गराउँछ जसले अन्स्करणको शक्तिलाई महशुस गराउँछ । 

५. तनाव न्यूनिकरण 
पछिल्लो समय विश्वका कतिपय मुलुकका कार्यालयहरुमा लन्च(खाजा खाने)को समयमा योग अभ्याँस गराउन थालिएको छ । जसबाट कर्मचारीहरु तनावमुक्त हुने विश्वास गरिन्छ । दैनिक योगको आसन, प्राणायम र ध्यानले मानिसको तनाव निवारण गर्नमात्र नभई मुटुको चाल सन्तुलित गर्छ । तनाव र अनिद्राबाट मुक्ति पाउने सबैभन्दा सजिलो उपायका रुपमा योगलाई लिइन्छ । 

६. गतिलो स्वासप्रश्वास 
हरेक योग अभ्याँसमा श्वासप्रश्वासको गहिरो र शान्त प्रकृयाहरु हुन्छन् । प्राणायम भनिने योगी श्वासप्रश्वास क्रिया लामो र मन्द हुन्छ । यसले मानिसलाई आनन्दित र सुन्तुलित महसुश गराउँछ । यसले आत्वविश्वास र शान्त स्वभावको पनि बानी बसाल्छ भने फोक्सोलाई उर्जा र शक्तिले भर्छ । जसले गर्दा योगका कारण स्वास प्रश्वास प्रकृया धेरै नै सहज, आनन्दित र सरल लाग्न थाल्छ ।

७. खुशी हुन 
दैनिक योगअभ्याँसले मानिसलाई संवेदनात्मक ढंगबाटै खुशी प्रदान गर्छ । भर्खरै भएको एक अध्ययनले पनि नियमित योग र ध्यानले मानिसको खुशी सम्बन्धित हार्मोनको तहलाई बढाइदिने दावी गरेको छ । त्यस्तै योग अभ्याँसले डिप्रेसन र छट्पटी गराउने हार्मोनको तहलाई पनि घटाइदिन्छ । दैनिक कम्तिमा १५ मिनेटको योगअभ्याँसले मश्तिष्क र मनको मधूरतालाई बढाउँछ र खुशी तुल्याउँछ । 

८. एकाग्रतामा वृद्धि र स्पष्ट सोचाई 
योग अभ्याँसमा श्वासप्रश्वासमा एकाग्रता बढाउनुपर्छ । जसले गर्दा श्वासप्रश्वासले मश्तिस्कलाई शान्त बनाउँछ र आनन्दचित्त बनाउँछ । मश्तिष्कको समग्र क्षमतालाई पनि यसले वृद्धि गरिदिन्छ । दैीनक केही मिनेटको ध्यानलेमात्र पनि मानिसको कुनै काम प्रतिको लगाव र एकाग्रता बढाइदिन्छ । मानसिक र शारीरिक तनाव घटेपछि मान्छेले आफ्नो सोचाई र मनका अनेकन वृत्तिहरुमाथि नियन्त्रण हासिल गर्छ । यसले सोचाईको गुणस्तरलाई वृद्दि गर्नुका साथै तिक्ष्णता प्रदान गर्छ । 

९. दीर्घायू 
नियमित योग अभ्याँसले तन्दुरुस्ती बढाउन सहयोग गर्छ, मुटुको चाल सुन्तुलनमा ल्याउँछ, तनावको दर घटाउँछ र खुशी प्रदान गर्छ । यो सबै पक्षले मानिसको आयु वृद्धि हुन्छ । मुटुरोगको जोखिम न्यूनीकरणका साथै फोक्सोको समेत आयु वृद्धि गर्दै योगअभ्यासले दीर्घजीवी बनाउँछ । भर्खरैको एक अध्ययनले योग, ध्यान र प्राणायमले बुढो बनाउने वा देखाउने हार्मोनको वृद्धिदरलाई पनि न्यूनीकरण गर्छ । जसले गर्दा योग अभ्यास गर्नेहरु सँधै ताजा र युवा देखिन्छन् भने धेरै बाँच्नसक्छन् । 
एजेन्सीहरुको सहयोगमा 

Last modified on 2019-11-01 16:11:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts