ॐ अस्पतालमा बाथरोग सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क रुपमा सुरु



Download our app to get more features

काठमाडौं, १९ कात्तिक । ॐ अस्पतालमा बाथरोग सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क रुपमा सुरु भएको छ ।

अस्पतालले बाथरोगका बिरामीहरुकालागि बिशेषज्ञसँग निःशुल्क परामर्श लिन सक्ने सेवा शुरु गरेको हो । बिशेषज्ञ सेवा शुरु भएको अवसरमा अस्पतालले बिहिवार निःशुल्क ओपिडि सेवा प्रदान गर्ने भएको छ ।

अस्पतालले भारतको नयाँदिल्ली स्थित अल इण्डिया इन्सस्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट इन्र्टनल मेडिसिनमा एमडी तथा पोष्ट ग्र्याजुएट इन्सटिच्युट अफ मेडिकल एडुकेशन एण्ड रिसर्च (पिजिआईएमईआर) चण्डिगढबाट क्लिनिकल इम्युनोलोजीमा डिएम गरेका बाथरोग बिशेषज्ञ डा.साकेत झासँग निःशुल्क परामर्शको व्यवस्था गरेको छ ।

निःशुल्क ओपिडिमा आउने बिरामीहरुकालागि आवश्यक विभिन्न परिक्षणहरुमा विशेष छुटको व्यवस्था समेत रहेको अस्पतालले जनाएको छ ।

निःशुल्क सेवा अन्तर्गत बिहिबार बिहान ८ बजेदेखि १० बजेसम्म तथा अपरान्ह २ बजेदेखि साँझ ५ बजेसम्म परामर्श गर्न सकिने छ ।

सेवाकालागि नाम दर्ता गर्न अस्पतालको हेल्प डेस्कमा सिधा सम्पर्क गरेर वा मोवाइल नम्बर ९८०२०७६२४७ मा फोन गर्न सकिने व्यवस्था समेत गरिएको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts