कान्तिपुर डेन्टलको निः शुल्क स्वास्थ्य शिविर



Download our app to get more features

नुवाकोट, २२ कात्तिक । कान्तिपुर जनरल एण्ड डेन्टल अस्पताल तथा बि.एम. फाउन्डेसनले आयोजना गरेको स्वास्थ्य शिविरमा ५ सय ५० जनाले स्वास्थ्योपचार पाएका छन् ।

नुवाकोटको स्थानिय काग्यू मोलाम अहिन्सावादी यूवा ल्कवको सहभागितामा जिल्लाको किप्साङ्ग गाउँपालिका वडा नं १ मा आयोजित ३ दिने निः शुल्क सामान्य स्वास्थ्य तथा दन्त स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

शिविरमा स्त्री तथा प्रसुती रोगका एक सय जना, हाड जोर्नी तथा नशा रोग  ३० जना, सामान्य चिकित्सा तर्फ ५० जना, लेबोरेटरी सेवा दुई सय जना, मुख तथा दन्त स्वास्थ्यको एक सय जना र ५० जनालाई इसीजी सेवा प्रदान गएिको थियो । 

शिविरका संयोजक शैलेस पण्डितका अनुसार उपचारका साथ साथै २० जना शिक्षकहरुलाई मुख स्वास्थ्य सम्बन्धी अभिमुखिकरण तालिम समेत प्रदान गरिएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts