आमामा उच्च रक्तचाप भए कम तौलको बच्चा, यसरी गरौं शिशुको स्याहार...



Download our app to get more features

सामान्यतया नवजात शिशुको तौल २ दशमलब ५ केजी हुन्छ । जसलाई नर्मल तौल मानिन्छ । यो भन्दामुनि भयो भने ‘लो बर्थ वैट’ मानिन्छ । १ दशमलब ५ किलो तौल ‘भेरी लो वर्थ वैट’ मानिन्छ । एक केजी भन्दा पनि कम भयो भने ‘एक्सट्रिम्ली लो बर्थ वैट’ भनेर छुट्याइन्छ ।

यसकारण कम तौल 
शिशुको तौल कम हुनुमा विभिन्न कारण हुन्छ । तर आमाका कारण नै धेरै जसो शिशुको तौल कम हुने गर्छ । गर्भमा बच्चा रहँदा आमालाई उच्च रक्तचाप भए पनि कम तौलका बच्चा जन्मन्छन् ।

कम तौलका शिशुको स्याहार

  • नवजात शिशुको जन्म हुने बितिकै सिताङ वा (हाइपोथेमिया ) hypothermina हुनबाट बचाउने ।
  • न्यानो बनाएर राख्ने । 
  • धेरै कम तौल छ भने इन्कुबेटर  incubator मा, एनआइसीयुमा राख्नुपर्छ ।
  • कम तौल भएका बच्चामा चिनीको मात्रा कम हुनबाट बचाउने ।
  • के कारणले तौल कम भएको सो पत्ता लगाउने ।
  • यस्ता शिशुमा श्वासप्रश्वासको समस्या हुनसक्छ त्यसबाट बचाउनु पर्छ ।
  • हस्पिटलमा भेन्टिलेटरमा राखेर पनि उपचार गर्न सकिन्छ ।

घरमा जन्मिएको बच्चालाई कसरी स्याहार गर्ने 

  • बच्चालाई न्यानो गरेर राख्ने । 
  • शिशुलाई धेरै जनाले नछुने ।
  • शिशुलाई समाउनु अगाडि साबुनपानीले हात धोएर मात्रै छुने ।
  • समय समयमा शिशुलाई आमाको दुध खुवाउने ।
  • बच्चाले दिसा, पिसाब गरेको छ वा छैन हेर्ने ।
  • कम तौल भएका शिशुलाई आमाको छातीमा कपडाले बेरेर राख्ने । जसले आवश्यक न्यानोपन पर्याप्त बन्न सहयोग पुग्छ । 
  • शिशुलाई टोपी, मोजा, भोटो लगाउने ।
  • समय समयमा तौल नाप्ने । 
  • कम तौलका बच्चा जन्मेपछि २८ दिनसम्म विभिन्न किटाणुको संक्रमण हुने हुँदा बाल चिकित्सकसँग नियमित सल्लाह लिने ।
  • जन्डिस हुने सम्भावना धेरै हुने भएकाले बच्चालाई बिहानको घाममा  आधा घण्टा जति राख्ने ।
  • शिशुको नाभीमा संक्रमण हुने सम्भावना धेरै भएकाले तेल बेसार नराख्ने ।
  • समय समयमा शिशुलाई नुहाउने तेल लगाएर घाममा राखिदिने । 

 

Last modified on 2019-11-11 06:10:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts