जाडो मौसममा छाला फुस्रो हुने समस्या छ ? यी कुरामा ध्यान दिनुहोस्



Download our app to get more features

आजको भागदौडपूर्ण व्यस्त दैनिकीमा आफ्नै लागि पनि समय निकाल्न मुस्किल हुन्छ ।

त्यसमाथि चिसो मौसममा अनुहारमा निस्कने विभिन्न खालका समस्याले झन् तनाव पैदा गराउँछ । अनुहारको छालामा उमेरको कारण पनि विभिन्न समस्या देखापर्न सक्छ । यस्तोमा धेरैको मनमा एकै प्रकारको प्रश्न आउने गर्छ–चिसो मौसममा अनुहारको हेरचाह कसरी गर्ने ? चिसो हावाले कहीँ अनुहारको ताजापन तथा सुुन्दरता त बिगार्दैैन ?

यस्तो समस्या बेहोर्नुपरेका धेरैको प्रश्नको जवाफ डर्माटोलोजिस्ट डा.अनिल कुमार दास यसरी दिन्छन्:

१. नुहाउनका लागि कहिल्यै पनि धेरै तातो पानीको प्रयोग गर्नु हुँदैन । यसले छालालाई सुक्खा तथा खस्रो बनाउँछ । जसले गर्दा उमेरको असर पनि छालामा तीव्र तरिकाले देखिन्छ ।

२. चिसो मौसममा रुम हिटर तथा ड्रायरको प्रयोग धेरैले गर्छन् । यसको अधिक प्रयोग गर्नु हुँदैन । यसले पनि छालालाई सुक्खा बनाउँछ ।

३्.  चिसो मौसममा मस्चराइजरको महत्व अझ बढी हुन्छ । छालाको मस्चराइज सही तरिकाले गर्नाले छालालाई नरम बनाइराख्न सहयोग पु¥याउँछ ।

.  यो मौसममा घरबाहिर निस्किदा शरीरलाईल पूरै ढाक्ने न्यानो बनाउनुपर्छ । यसले शरीरलाई न्यानो बनाउनुका साथै चिसो हावालाई  शरीरमा छिर्नबाट जोगाउँछ । चिसो हावाले छालालाई फुस्रो बनाउँछ ।

५. आफ्नो खानपिनमा पनि पूरै ध्यान राख्नुपर्छ । पर्याप्त पानी पिउनुका साथै खानामा पनि ओमेगा, फ्याट तथा भिटामिन सी युक्त परिकार सेवन गर्नुपर्छ । यस्तो परिकारले छालालाई नरम, सुन्दर तथा आकर्षक देखाउन मद्दत गर्छ ।

Last modified on 2019-11-14 15:16:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts