विश्व निमोनिया दिवस

थोरै असावधानी गर्दा निमोनियाले ज्यानै लिन्छ



Download our app to get more features

चिसो मौसम सुरु भएको छ । चिसो बढेसँगै वृद्धवृद्धामा निमोनिया संक्रमण बढी हुन्छ । थोरै असावधानी गर्दा निमोनियाले वृद्धवृद्धाको ज्यानै लिने गरेको छ । के हो निमोनिया ? र यसबाट वृद्धवृद्धालाई कसरी जोगाउने भन्ने विषयमा जनरल फिजिसियन डा. त्रिलोकीनाथ गुप्ताको सुझाव यस्तो छ :— 

फोक्सोमा विभिन्न संक्रमण भएर लाग्ने रोग नै निमोनिया हो । धेरैको बुझाई छ की निमोनिया चिसोको कारणले मात्रै लाग्छ तर त्यसो होइन् । श्वासप्रश्वासका अंगमा जुनसुकै कारणले संक्रमण भए पनि निमोनिया हुन्छ । 

संसारभर नै निमोनिया मानिसको मृत्युको एक प्रमुख कारण बनिरहेको छ । निमोनिया सबै उमेरका मानिसमा हुन्छ । तर, पनि विशेष गरेर वृद्धवृद्धा, बालबालिका र दीर्घ रोगी वा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा निमोनियाले बढी दुःख दिन्छ ।

यसकारण वृद्धवृद्धामा निमोनिया संक्रमण छिट्टै :

  •  रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु । 
  •  भाइरस संक्रमण । 
  •  खाना खादा सर्केर फोक्सोमा गयो भने पनि निमोनिया हुन सक्छ ।
  • लामो समय रुघा खोकी लाग्नु । 

निमोनियाका लक्षण :

  • छाती दुख्ने । 
  • श्वास प्रश्वासमा समस्या हुने ।
  • अत्याधिक ज्वारो आउने ।
  • खोकी लाग्ने । (पहिलेदेखि नै खोकी लाग्ने समस्या छ भने अझ बढी लाग्ने) 
  • खाना खान मन लगाग्ने । 
  • खकार आउने ।
  • खकारमा रगत देखिने । 

यसरी अपनाऔं सावधानी :

स्वभावैले वृद्धवृद्धामा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, सरसफाईमा त्यती ध्यान नदिन,े अन्य रोगले छिट्टै छुने हुन्छ । यस्तो अवस्थामा स्वमं वृद्धा र उसका सहयोगी नै बढी सचेत हुनुपर्छ ।  

  • वृद्धवृद्धाको लागि निमोनियाविरुद्धको भ्याक्सिन पाइन्छ सो लगाउनु पर्छ ।
  • चिसोबाट बँच्ने । 
  • न्यानोको कपडा लगाउनुको साथै चिसो खाना नखाने । (कपडा लगाउँदा पसिना आउन दिनुहँुदैन् )
  • स्वस्थ खाना खाने ।
  • रुघाखोकी लागेका व्यक्तिको नजिक नजाने ।
  • रुघाखोकी लामो समय लागे अस्पताल जानुपर्छ । 
  • धुलो धुँवाबाट बँच्ने ।
  • दम, सुगर, पे्रसर लगायतका दीर्घ रोगी भए उनीहरुले यस्ता रोगलाई नियन्त्रणमा राख्ने । साथै निमोनियाको भ्याक्सिन लगाउने । निमोनियालाई समयमै उपचार गरिएन भने मृत्यु समेत हुन सक्छ ।

 

Last modified on 2019-11-14 15:20:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts