बालबालिकाको आँखामा एलर्जी भयो भने यी उपाय अपनाउनुहोस्...



Download our app to get more features

बालबालिका भनेको निकै नै संवेदनशिल हुन्छन् । त्यसमा पनि पाँच वर्षसम्मका उमेर समूहका बालबालिकामा कुनैपनि समस्या भएमा सहजै भन्न नसक्नेपनि हुन्छन् । तीनिहरुको स्वास्थ्यमा विशेष ध्यान दिइएन भने ठूलो समस्याको सामना गर्नुपर्ने हुन सक्छ । 

बच्चाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिनेमा आँखाको एलर्जी पनि एक हो । बच्चाहरुमा एलर्जीका कोषिकाहरु धेरै हुने भएकाले यो उमेर समूहका बालबालिकामा एलर्जी देखिने गरेको हुन्छ । सबैभन्दा बढी गर्मी त्यसपछि जाडो मौसममा पनि बालबालिकाका आँखामा एलर्जी देखिन्छ । 

यो उमेर समूहका बालबालिकामा हरेक वर्ष पनि आँखामा एलर्जी देखिन सक्छ । बच्चाहरुमा एलर्जीका कोषिकाहरु धेरै हुन्छन्, त्यसैले खासै आत्तिनु पर्दैन । आँखामा एलर्जी भएपछि संयम भने अपनाउनुपर्छ । बालबालिकामा एलर्जी भए के ग र्ने त ?

आँखारोग विशेषज्ञ डाक्टर वेन लिम्बू यसो भन्छन्ः
♦ यो उमेर समूहका बालबालिकामा एलर्जीका कोषिकाहरु धेरै हुने भएकाले एलर्जीले सताइरहन्छ ।

♦ आँखामा एलर्जी हुँदा आँखा रातो हुने, आँखा धमिलो हुने, आँखाको डिल सुनिने, आँखाबाट सेतो पदार्थ निस्कने जस्ता समस्या देखिए चिकित्सककहाँ जानुपर्छ  ।

♦ यस्तो बेला घाम र धूलोमा हिंड्नुहुँदैन् । घाम र धूलोमा केमिकल बढी हुने भएकाले आँखाको संक्रमण बढ्ने खतरा बढी हुन्छ । धूलो र घामले एलर्जी बढाउँछ । 

♦ एलर्जी कम गर्ने औषधिको प्रयोग गर्नुपर्छ ।

♦ चिकित्सकको सल्लाहअनुसार औषधी लगाएपछि एलर्जी चाँडै सञ्चो  हुन्छ ।

♦ बाहिर हिड्दा आँखाको सुरक्षाका लागि चस्माको प्रयोग गर्न सकिन्छ । जसले गर्दा कीटाणु सीधै आँखामा छिर्न पाउँदैनन् । 

♦ जाडो मौसममा पनि आँखामा चिसो हुने भएकाले ध्यान दिनुपर्छ । चिसोले गर्दापनि आँखाबाट आशु आइराख्ने, आँखा रातो हुने जस्ता समस्या देखिन सक्छ । समस्या झन् बढ्यो भने चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

♦ बाहिर गएर आएपछि साबुन पानीले हात राम्रोसँग धुनुपर्छ । दिनको तीनपटक आँखा सफा पानीले बिस्तारै धुनुपर्छ । 

Last modified on 2019-11-18 08:43:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts