डा.भगवान कोइरालाको टिमद्वारा निशुल्क स्वास्थ्य शिविर, ४ सय लाभान्वित



Download our app to get more features

 पोखरा, ४ मंसिर  । बरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको नेतृत्वमा पोखरामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जयन्ती स्मृति प्रतिष्ठानको आयोजना तथा कोपिला नेपालको सहकार्यमा ३० कात्तिकमा मुटुको निःशुल्क परीक्षण गरीएको हो ।  

शिविरमा ४ सय ५० जना विरामीको मुटु परीक्षण गरीएको कार्यक्रम संयोजक सबिता मैनालीले जानकारी दिइन् । पोखरा विज्ञान प्रतिष्ठान रामघाट प्राङ्घणमा सम्पन्न भएको शिविरमा मुटु, प्रेशरका औषधि खाएका र मुटु सम्बन्धी लक्षण देखा परेका बिरामीको मात्र परिक्षण गरिएको थियो । 

२५ जना बिरामीको मुटमा समस्या देखिएकोले थप उपचारको लागि काठमाडौ जान पर्ने उपचारमा सम्लग्न चिकित्सकहरुले सल्लाह दिएका छन् ।  

उक्त शिविरमा इसिजी,इको,एक्सरे,पिटिआइएनआर परिक्षण निःशुल्क गरिएको थियो । मुटुरोग बारे सचेतनाको लागि प्रतिष्ठानले हरेका  वर्ष  शिविरको आयोजना गर्दै आएको  मुटुरोग विशेषज्ञ डाक्टर आशिष त्रिपाठीले बताए । 

शिविरमा मुटुरोगका फिजिसियन र सर्जनको उपस्थिति रहको थियो । जसमा विदेशी ८ र नेपालका १२  गरि २० जना मुटुरोग विशेषज्ञले प्रत्यक्ष बिरामीको जाचँ गरेका थिए । 

मुटुरोगीको लागि सहयोगी बन्दै आईरहेको प्रतिष्ठानले आर्थिक अवस्था कमजोर भएका मुटुरोगीहरुलाई प्राथमिकतामा राखेको उनले बताए ।


 

Last modified on 2019-11-20 13:54:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts