चिसोबाट लाग्ने रोगबाट जोगिन चाहनुहुन्छ भने सूर्य स्नान गर्नुहोस्



Download our app to get more features

ससम्पूर्ण प्रकृतिको महाप्राण तथा महाऊर्जा हो, सूर्य । पञ्महाभूत आकाश, वायु, तेज, जल, पृथ्वीमध्ये तेज अथवा सूर्यको महत्वपूर्ण भूमिका छ ।

वनस्पति तथा प्राणी जगत् सूर्यकै ऊर्जाबाट निर्माण,विकास र सञ्चालन भएको पाइन्छ । योगको शिव स्वरोदय ग्रन्थअनुसार पृथ्वीको पहेँलो, जलको दूधजस्तो सेतो, तेज तथा अग्निको सुनौलो रातो, वायुको नीलो र किनारामा हरियो प्रकाश अनि आकाशको धुवाँजस्तो रङ मानिएको छ । यही रङको असन्तुलन या अभावले नै मानव शरीरमा अनेक रोग उत्पन्न हुन्छन् ।

योग तथा प्राकृतिक चिकित्सामा यही रङ तथा प्रकाशको व्यवस्थापनलाई नै सूर्य स्नान भनिन्छ ।

विधि

सूर्य स्नानका लागि प्राकृतिक चिकित्सामा काँचको एउटा बाकस बनाइएको हुन्छ । त्यसैमा मानिसलाई टाउको बाहिर राखेर सुताइएको हुन्छ । तर, अर्को एउटा सजिलो उपाय पनि छ । जो घरमा सजिलै बनाएर सूर्य स्नान गर्न सकिन्छ । बजारमा पाइने सेतो प्लास्टिकलाई धोक्रोजस्तो बनाउनुपर्छ । जसमा मानिस सजिलैसँग छिर्न सकियोस् । त्यो प्लास्टिक कम्तीमा पनि पाँच फिट हुनु आवश्यक छ ।

सो प्लास्टिकमा छिरेर घाँटीमा र पैतालको तल हावा नछिर्ने गरी बाध्नुपर्छ । राम्रोसँग घाम लाग्ने खाली चौर वा छतमा बिहानीको समयमा खाली पेटमा यसको अभ्यास गर्दा फाइदा हुन्छ । प्लास्टिक बेरेर घाममा सुत्ने, कम्तीमा तीन गिलास जति पानी पिएर टाउकोलाई एउटा रुमालले भिजाएर बाध्ने । शिरलाई कुनैपनि हालतमा तातो हुनबाट बचाउनुपर्छ । अर्थात् शिरमा पानी बेलाबेलामा छर्कदैँ जानुपर्छ ।

शरीरमा लुगा जति सकिन्छ कम लगाउनुपर्छ । जसले गर्दा सम्पूर्ण शरीरमा सूर्यको किरणले राम्रो सँग स्पर्श गर्न पाओस् । हावा बन्द भएर प्रकाशको उष्णता बढ्दै गएपछि छोटो समयमा नै खलखली पसिना आउँछ । यस प्रक्रियालाई अबस्था हेरी कम्तीमा १५ मिनेट अर्थात् राम्रोसँग सम्पूर्ण शरीरबाट पसिना आएपछि बन्द गर्नुपर्छ ।

लाभ

यो सूर्य स्नानले भित्र गडेर बसेको चिसोलाई पूरै बाहिर निकालिदिन्छ । ठन्डीको कारणले हुन सक्ने सबै प्रकारका रोगमा सूर्य स्नान प्रभावकारी हुन्छ ।

भिटामिन ‘डी’ तथा सूर्यबाट प्राप्त हुने रङ शरीरलाई अत्यन्तै जरुरी हुन्छ । तर, अनेक रङयुक्त विभिन्न लुगाले हामीले शरीरलाई ढाकेका हुन्छौँ । त्यसैले हामी सूर्यका रङयुक्त प्रकाशबाट वञ्चित हुन पुग्छौँ । फलस्वरु अनेक नयाँ–नयाँ रोगले पीडित भएका हुन्छौँ । सूर्य स्नानबाट त्यो समाप्त हुन्छ ।

सूर्यको प्रकाश बहुमूल्य औषधिभन्दा कयौँ गुना महाऔषधि हो । कम्तीमा सातामा एक पटक राम्रो पसिना निकाल्न सक्नुपर्छ । यसबाट विषाक्त तत्वलाई बाहिर निकाल्न मद्दत पुग्छ ।

Last modified on 2019-11-25 07:50:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts