ओम अस्पतालमा बाथ रोगसम्बन्धी बिशेषज्ञ उपचार सेवा सुरु 



Download our app to get more features

काडमाडौं, १० मंसिर । चाबहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरमा बाथ रोगसम्बन्धी बिशेषज्ञ उपचार सेवा शुरु भएको छ ।
भारतको नयाँदिल्लीस्थित एम्सबाट इन्टरनल मेडिसिनमा एमडी तथा चण्डिगढस्थित पिजिआईबाट र्युमाटोलोजिमा डिएम गरेका बाथरोग बिशेषज्ञ, डा. साकेतले अस्पतालबाट बाथरोगको विशेष उपचार दिन थालेका हुन्  । 

डा. झालाई नियमित रुपमा आइतबार देखी शुक्रबार साताको ६ दिन, बिहान ८ः३० देखि ९ः३० बजेसम्म र साँझ ३ः०० देखी ५ः०० बजेसम्म अस्पतालमा भेट्न सकिने छ ।
र्युमाटोलोजिमा डिएम गर्ने झा पहिलो नेपाली डाक्टर भएको अस्पतालको दावी छ । डा. झाले असाध्य भनिएका र दीर्घ रोगका रुपमा बाथरोगबाट पिडितहरुको उपचारमा खास दख्खल राख्ने अस्पतालको भनाइ छ ।

निःशुल्क ओपिडि सेवा

अस्पतालले केही समयअघि बाथरोगिहरुलाई लक्षित गरी निःशुल्क ओपिडि सेवा समेत सञ्चालन गरेको थियो । बिरामी तथा आफन्तजनको बिशेष अनुरोधमा अस्पतालले आगामी बिहिबार बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म र अपरान्ह २ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म पनि बाथरोगका बिरामीहरुकालागि निःशुल्क ओपिडी सेवा संचालन गर्न लागेको समेत जानकारी गराएको छ । 
 

Last modified on 2019-11-27 14:29:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts