नेपालमै पहिलो पटक एआई सहितको रेडियोलोजी सेवा मेडिसिटी अस्पतालमा



Download our app to get more features

ललितपुर, १२ मंसिर । नेपाल मेडिसिटी अस्पतालले नेपालमै पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहितको रेडियोलोजी सेवा सुरु गरेको छ । 

संसारकै उत्कृष्ट मानिने इजरायली जेब्रा मेडिकल भिजनसँगको साझेदारीमा यो सेवा सुरु गरेको हो । 

यो सेवाबाट नेपालीले स्वदेशमै उच्च गुणस्तरीय परिक्षण प्राप्त गर्न सक्ने अपेक्षा गरिएको अस्पतालका कार्यकारी निर्देशक सुधाकर जयरामले बताए ।

स्वदेशमै उच्च गुणस्तरीय र समान उपचार प्रदान नभएकोले नेपालबाट प्रत्येक वर्ष ३ देखि ४ लाख नेपाली स्वास्थ्य उपचारका लागि विदेश जाने गरेकोले ठुलो धनराशी बाहिरिबाट जोगिने उनले बताए । 

आर्टिफिसियल इन्टेलिजेन्स सहितको रेडियोलोजी सेवाको नेतृत्व नेपाल मेडिसिटी अस्पतालका रेडियोलोजी तथा इमेजिन केन्द्रका प्रमुख डा. राम कुमार घिमिरे सहितको टिमले गर्नेछ ।

डिसिटीले एआई सहितको रेडियोलोजी सेवालाई पहिलो चरणमा इन्ट्राक्रेनियल हेमोरेज, अस्टियोपोरोसिस र हड्डी सम्बन्धी समस्याको रोकाथाम लागि एल्गोेरिदमहरु लागु गर्दैछ  ।

निकट भविष्यमा स्कोरिंगको साथमा अपग्रेड गरेर हृदय रोग, एन्फाइसेमा  र कलेजोमा असर सम्बन्धि समस्या समाधानका लागि पनि काम गर्ने अस्पतालले जनाएको छ ।
 

Last modified on 2019-12-01 06:07:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts