जाडोमा छालालाई स्वस्थ राख्न यसो गर्नुस् ...



Download our app to get more features

जाडोमा छालामा विभिन्न खालका समस्या आउँछन् । यो मौसम छालाको लागि प्रतिकूल मानिन्छ । छाला फुट्ने, खस्रो हुने, चिलाउने, राता राता डाबरहरु आउने जस्ता समस्या धेरैमा देखिन्छ । जाडोमा छालामा के कस्ता समस्या आउछन् र छालालाई स्वस्थ राख्न के गर्ने ? छाला तथा यौन रोग विशेषज्ञ डा.प्रवीण ढकाल यसो भन्छन् ...

जाडोमा छालामा देखिने समस्या मध्ये छाला फुट्ने, खस्रो हुने र सुख्खा हुने समस्या प्रमुख रुपमा देखिन्छन्  । यस्तो समस्याले कसैलाई खासै असर गर्दैन भने कतिलाई निकै अप्ठ्यारो बनाउँछ ।

जाडोमा छालामा समस्या आउने प्रमुख कारण:
यस मौसममा वायुको आद्रता कम हुने भएकाले हावामा पानीको मात्र कम हुन्छ । वा, बाहिरको चिसो वातवरण र शरीरको तापक्रम नमिल्दा यसको प्रत्यक्ष असर छालामा पर्छ र छाला फुट्ने खस्रो हुने, चिलाउने आदि समस्या देखापर्छ । 

जाडोमा छालालाई स्वस्थ राख्न निम्न सावधानी अपनाउने:
♦     मनतातो पानी प्रशस्त पिउने ।
♦     सन्तुलित आहारको सेवन गर्ने ।
♦     भmोलिलो कुरा खाने ।
♦     छालामा साबुनको प्रयोग नगर्ने ।
♦     छालालाई मश्चराइज गर्ने ।
♦     तातो पानीको बाफ लिने ।
♦     बाहिर निस्कँदा आफ्नो छाला सुहाउँदो गुणस्तरीय सनक्रिमको प्रयोग गर्ने ।
♦     छालालाई धुँलो,धुँवा र फोहोरमैलाबाट जोगाउने ।  
♦    मौसम अनुसारका फलफूल खाने । 
♦    नुहाउँदा वा मुख धुँदा बढी तातो पानीको प्रयोग नगर्ने । 

यसो गर्नाले छालालाई स्वस्थ राख्न सकिन्छ । मौसम अनुसार यो समस्या बढी देखिने भएकाले छालाको हेरचाहमा खासै ध्यान दिएको पाइँदैन । तर छालामा राता निला डावर जस्तो आउने, चिलाउने अन्य रोगको लक्षण पनि हुनसक्छ । यसर्थ यस्तो समस्या  लामो समय आइरहे पटक पटक दोहोरिएर बढ्दै गए चिकित्सककोमा परीक्षण गराउनु पर्छ । थोरै मात्र सचेतना अपनायो भने छालालाई स्वस्थ र सुन्दर बनाउन सकिन्छ ।

Last modified on 2019-12-02 17:00:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts