आफैसँग बातचित गर्नु मानसिक स्वास्थ्यका लागि फाइदा



Download our app to get more features

कठिन काम पनि निर्धारित समयमै सकेर के तपाईं खुसी हुनु भएको छ ? अथवा ठीक समयमा कतै पुग्छु भन्दा भन्दै र कोशिश गर्दागर्दै पनि नपुगेका घटना पनि तपाईंसँग पक्कै होलान । यी दुबै अवस्थामा तपाईंले आफूले आफैलाई केही न केही पक्कै प्रतिक्रिया दिनुहुन्छ । तर यस्तो अवस्थामा आफैसँग ठुलै स्वरमा कुराकानी गर्नु मानसिक स्वास्थ्यका लागि राम्रो हो । जसले तपाईंलाई अझै सुधार गर्न मद्दत पुग्छ । 

हुनत यस्तो व्यवहार देखाउनुलाई समाजमा मानसिक समस्या अथवा अनौठो मानिन्छ । तर आफूलाई सुधार गर्ने हो भने अन्य मानिसले के भन्छन् भन्नेको पछि लाग्नु हुँदैन । यसरी आवाज निकालेर कुराकानी गर्दा एक पटक तपार्इं आफ्नो लक्ष्यको बारेमा पुनः विचार गर्न बाध्य हुनुहुन्छ । जसले लक्ष्य प्राप्तिका लागि नयाँ बाटो पनि देखाउन सक्छ । साथै यसरी ठुलो आवाजमा आफैसँग कुराकानी गर्दा मनको कुरा बुझ्न पनि सकिन्छ ।  

यसकारण राम्रो मानिन्छ आफैसँगको कुराकानी
१. लक्ष्यमा पुग्न सहयोग गर्छ
आफैसँग कुराकानी गर्नु पागलपन होइन । अझै ऐनाको अघि बसेर आफैसँग कुराकानी गर्ने हो भने लक्ष्यप्राप्तिमा अझै सहज हुने विश्वास गरिन्छ । यसले तपार्इंमा आत्मविश्वास बढाउने काम गर्छ ।  

२. आफुलाई महत्व दिनु
कुनैबेला एकैपटक धेरै काम गर्नुपर्ने भयो भने यस्तो बेला आफैसँग कुराकानी गर्नु निकै आनन्द आउँछ । काम सकेर थकित भएको बेला आफैसँग कुराकानी गर्नुहोस् त्यसबेला थकान मेटिएको आनुभव हुन्छ । यति मात्रै होइन ठूलो स्वरमा आफूले गर्नुपर्ने कामको सुची दोहो¥याउने हो भने काम झनै सहज बन्न पुग्छ । यसो गर्दा तपाईंको सबै ध्यान काममा हुन्छ । मस्तिष्कमा सबै काम छिट्टै सक्नुपर्ने सन्देश पुग्छ ।  

३. आफ्नै प्रशंसा गर्न नभुलौं
यदि तपाईले कुनै अप्ठयारो काम निश्चित समयमा र उपयुक्त तरीकासँग पुरा गर्नु भएको छ भने आफैलाई स्याबासी दिन नभुन्नुहोस् । यसले तपार्इंमा पुनः जोश भर्न मद्दत गर्छ । 

(वानइण्डिया डट कमबाट)


 

Last modified on 2019-12-06 07:44:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts