भारत विश्वमा सबै भन्दा धेरै डिप्रेसनका बिरामी भएको देश



Download our app to get more features

एजेन्सी, २२ मंसिर । डिप्रेसन (अवसाद) अर्थात मानसिक समस्याका बारेमा धेरैले कुरा गर्न चाहदैनन् तर यसरी समस्या लुकाउन खोज्नु नै यो रोगलाई बढवा दिनु हो । डिप्रेसन पुरै विश्वको लागि चिन्ताको विषय बनिरहेको छ । व्यस्त जीवनसैली, तनावपूर्ण दैनिकीका कारण विश्वभर ३० लाख मानिस यसको शिकार बनिरहेका छन् । यसमध्ये पनि सबैभन्दा धेरै भारतमा यसका बिरामी छन । भारतमा हरेक एक लाख मानिसमध्ये ११ जना डिप्रेसनका कारण आत्महत्या गरिरहेका छन् । यसरी आत्महत्या गर्नेको संख्या ४४ वर्ष भन्दा कम छ ।  
विश्व स्वास्थ्य संगठनका अनुसार डिप्रेसनको मामलामा भारत विश्वभर मै अघि छ । साथै तनाव, चिन्ता, सिजोफ्रेनिया, बायोपोलर डिसअर्डर जस्तो समस्या यहाँ तिव्र गतिमा बढिरहेको छ । भारतपछि चीन दोस्रो र अमेरिका तेस्रोमा डिप्रेसनका बिरामी रहेको संगठनको रिर्पोटमा उल्लेख छ ।

डिप्रेसनको जोखिम महिलामा उच्च
अध्ययनका अनुसार पुरुषको तुलनामा महिलामा २० प्रतिशत ज्यादा डिप्रेसनको जोखिम छ । उनीहरुको दोहोरो जीवनसैलीका कारण जोखिम छ । साथै हार्मोनल फेरबदल, चुरोट रक्सीको कुलत, स्मार्ट फोनको ज्यादा प्रयोगले पनि डिप्रेसनका बिरामी बढाइरहेको छ ।

१४ वर्ष भन्दा कमका बच्चामा पनि डिप्रेसन 
अध्ययन रिर्पोटका अनुसार भारतमा १४ वर्ष भन्दा कम उमेरका बच्चा पनि डिप्रेसनको शिकार बनेका छन् । यस्तो समस्या देखिनेमा बालक र बालिका दुवै समूहका छन् ।

कारण
परिवर्तित समाज, तनाव, बालबालिकाको पढाइ, प्रतिस्पर्धा, पारिवारिक कलह आदिका कारण बालबालिका डिप्रेसनको शिकार बनिरहेका छन् । यस्तै महिलाको केसमा घर र अफिस दुवै सम्हाल्नु पर्ने हुँदा उसले आफ्नो स्वास्थ्यको ख्याल गर्न सकिरहेको हुँदैन । यही चिन्ताका कारण डिप्रेसन हुने गर्छ ।  

लक्षण
चुपचाप र उदास रहनु ।
शरीर र दिमाग थाकेको अनुभव हुनु । 
मुड परिर्वतन हुनु । 
टाउको हल्का दुखेको जस्तो हुनु । 
कसैसँग बोल्न मन नलाग्नु । 
बिर्सनु । 
ऐठन हुनु । 
कहिले खाना खाँदै नखाने र कहिले धेरै खाने । 
काममा मन नलाग्नु । 
आत्महत्याको सोच आउनु । 
कुलतको साहार खोज्नु । 
मनमा अपराधबोध हुन ।  

डिप्रेसनबाट बच्ने उपाय
डिप्रेसनबाट बच्ने एक उपयुक्त उपाय योग हो । 
परिवार र साथीभाईसँग धेरै भन्दा धेरै समय बिताउनु । घुम्न जानु । 
दिनहुँ वाकमा जाने, शारीरिक अभ्यास गर्ने, पौडी खेल्ने । 
सकारात्मक सोचको विकास गर्ने । 
स्वस्थ भोजन गर्ने । जसले शारीरिक र मानसिक दुवै अवस्थालाई स्वस्थ राखोस । 
कार्यालयको काम घरमा नगर्ने । कार्यालय र कामसम्बन्धी तनाव व्यवस्थापनको सही तरीका अपनाउने । 
धुम्रपान, रक्सी जस्ता कुलतले केही समय राहत अनुभव भए पनि लामो समयका लागि यसले असर गरिरहेको हुन्छ ।

(पन्जाबकेशरी डट इनबाट)   


 

Last modified on 2019-12-10 06:36:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts