नेपाल मेडिसिटी अस्पतालद्वारा एक सयभन्दा बढि महिलाको निशुल्क पाठेघरको परीक्षण 



Download our app to get more features

काठमाडौं, २२ मंसिर । जनकपुरमा नेपाल मेडिसिटी अस्पतालले वाउ फेस्टिभलको मेडिकल पार्टनरका रुपमा महिलाहरुको पाठेघरको जाँच गरेको छ ।  
मंसिर २० र २१ मा आयोजना गरिएको वाउ अर्थात विश्वका महिलाहरु नाम दिइएको फेस्टिभलमा स्वास्थ्य संगै विभिन्न विधामा अन्तत्र्रिmया, विचार गोष्ठि, सडक नाटक समेत प्रस्तुत गरिएको थियो । नेपाल मेडिसिटीको मोबाइल क्लिनिक सहितको चिकित्सकिय टोलीले महिलाहरुलाई स्तन क्यान्सर, पाठेघर तथा आंग खस्ने समस्या, र पाठेघरको मुखको क्यान्सरबारे मैथिली भाषामा जनचेतनामूलक समाग्री प्रस्तुत गरेको थियो । 

 करिब एक सय  महिलाहरुको पाठेघरको मुख जाँच गरी क्यान्सरको लक्षण रहेको या नरहेको भन्ने बारे परिक्षण गरिएकोमा केहिमा क्यान्सरको सम्भावना देखिएको मेडिकल टिमले जनाएको छ । 

नजिकको अस्पतालमा थप जाँचका लागि परामर्श गरिएको नेपाल मेडिसिटी अस्पतालको स्त्री तथा प्रसुति रोग विभागकि डा. यास्मिन पर्वीनले बताइन । उनका अनुसार आफ्नो स्वास्थ्यका बारेमा महिलाहरु पहिले भन्दा धेरै सजग रहेका छन् । 

नेपाल मेडिसिटी अस्पतालले देशका विभिन्न स्थानमा स्वास्थ्य सम्बन्धि जनचेतना अभिवृद्धि गर्दै निःशुल्क परामर्श शिविरहरुको आयोजना गर्दै आएको छ । विभिन्न स्थानिय निकाय तथा अन्य संस्था एवं स्थानियहरुसंगको सहकार्यमा यस किसिमको शिविर आयोजना गर्दै जाने अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts