'सफलताको शिखर' पुरस्कारबाट नर्भिक अस्पताल सम्मानित 



Download our app to get more features


काठमाडौं, २३ मंसिर । नर्भिक इन्टरनेशनल अस्पताल सफलताको शिखर पुरस्कारबाट सम्मानित भएको छ । मलेसियाको क्वालालम्पुरमा अमेरिकी चेम्बर अफ कमर्सको एक निकाय वल्र्ड कन्फडेरेसन अफ बिजिनेसेस द्वारा सफलताको शिखर (The Peak of Success Award) प्रदान गरिएको छ । उक्त सम्मान मलेसियाको क्वालालम्पुरमा आयोजित एक अन्तर्राष्ट्रिय समारोह (The BIZZ AMEA 2019) का वीच नर्भिकलाई प्रदान गरिएको हो । 

यस्तो सम्मान केवल वल्र्डकबका विगतका  सम्मान समारोहमा सम्मानित र पुरस्कृत भएका संघ संस्था जसले सम्मान पश्चात् पनि आफ्नो उत्कृष्टता कायमै राख्न सफल हुन्छन्, तिनलाई मात्रै प्राप्त हुन्छ । 

साथै नर्भिकलाई स्वास्थ्य सेवामा विश्व व्यवसायिक नेतृत्व (World Business Leader) नामक सम्मानका साथ यसलाई ठूलो प्रेरणादायी संस्थाका रुपमा समेत सम्मान गरिएको हो । वल्र्डकबका तर्पmबाट मलेसियका लागि नेपालका राजदूत उदयराज पाण्डेले एक विशेष समारोह वीच उपरोक्त पुरस्कार तथा सम्मानहरु नर्भिकका पदाधिकारीहरुलाई अर्पण गरेका थिए । 

नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले नेपाली स्वास्थ्य सेवाका फाँटलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न खेलेको प्रभावकारी एवम् नेतृत्वदायी भूमिकावापत उनलाई वल्र्ड लिडर बिजिनेस पर्सन सम्मानद्वारा पुरस्कृत गरिएको छ । आफ्नो संस्थामा नवीनतम्, सुविज्ञ र व्यवस्थित वातावरणको सिर्जना गर्दै नेपाली स्वास्थ्य सेवाका फाँटलाई उकास्न मद्दत पु¥याएवापत उनलाई सो पुरस्कारले सम्मान गरेको वल्र्डकबले जनाएको छ । 

सो अवसरमा नर्भिकका पदाधिकारीहरुका साथै कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहलाई पनि व्यवसायिक नेतृत्वमा सर्वोत्कृष्ट (Excellence in Business Leadership)सम्मान प्रदान गरिएको हो । 

सन् २००४ मा अमेरिकाको टेक्सासमा स्थापित दि वल्र्डकबको मुख्य उद्देश्य नै बिश्ववयापीरुपमा मूल्य र मान्यतामा आधारीत व्यवसायहरुको प्रबद्र्धन गर्नु, तिनको पहिचान, सम्मान एवम् अगुवा व्यवसाय तथा व्यवसायिक व्यक्तित्वहरुको साख अभिवृद्धिमा सहयोग पु¥याउनु रहेको छ । 

Last modified on 2019-12-09 12:34:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts