धादिङमा निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न 



Download our app to get more features

धादिङ, २९ मंसिर । थाक्रे गाउँपालिका धादिङमा एक दिने निशुल्क मानसिक स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।  मानसिक एवं मनोसामाजिक सु स्वास्थ्यको राष्ट्रिय अभियान नेपाल, थाक्रे गाउँपालिका र मनोरोग उपचार केन्द्रको संयुक्त आयोजनामा भएको उक्त शिबिरमा मनोचिकित्सक डा. पुष्प प्रसाद शर्मा र मनोबिद गोपाल ढकालले बिरामीहरुलाई सेबा प्रदान गरेका थिए ।  शिबिरमा बिरामीहरुको चेक जाँच, मनोपरामर्श सेवा तथा निःशुल्क औषधि समेत बितरण गरिएको छ । उक्त शिविरबाट एक सय एघारले सेवा लिएका छन् । शिविरमा सेवा लिन आएका अधिकाशं बिरामी कडा खालको मानसिक रोगी भएको मनोबिद गोपाल ढकालले बताए ।

थाक्रे गाउँपालिकामा आत्महत्याका घटनाहरु बढदै गएकोमा गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतिले चिन्ता प्रकट गरेकी छन् ।  स्थानिय निकायहरुले बाटो, बिजुली, पानीमा मात्र ध्यान दिएर नहुने जनताको मानसिक स्वास्थ्यमा पनि त्यति नै ध्यान दिनु पर्ने बेला आएको गाउँपालिकाका अध्यक्ष राम कुमार आचार्यले बताए । 

 यस गाउँपलिकामा यस भन्दा अगाडि पनि मानसिक स्वास्थ्य सम्बन्धि चेतनामुलक कार्यक्रमहरुको आयोजना गरिएको थियो । साथै यसै पालिकाको सडकबाट उद्दार गरीएका एक मनोरोगीको उपचार भैरहेको र अहिले उल्लेखनीय सुधार भइरहेको मनोविद ढकालले बताए ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts