यी चार खालका रोगीलाई डा.प्रकाशराज रेग्मीको यस्तो छ सुझाव...



Download our app to get more features

रोगले जीवन कुनवेला सिध्याँछ भन्न सकिन्न । खासगरी मुटुसँग सम्बन्धी रोगले मान्छेको मृत्युलाई अकल्पनीय बनाईदिन्छ । त्यसैले, मुटुमा असर गर्ने केही रोगसँग हर क्षण सजग रहनै पर्छ । हाई ब्लडप्रेसर, मोटोपन, डायबिटिज, युरिक एसिडको समस्या भएकालाई डाक्टर प्रकाशराज रेग्मीले लाइफस्टाइल र खानपिनबारे केही सुझाव दिएका छन् :

हाई ब्लडप्रेसर (उच्च रक्तचाप)
१. नुन र चिल्लो पदार्थ निकै कम सेवन गर्ने ।

२. धुमपान, मद्यपान र सुर्तीजन्य पदार्थ सेवन नगर्ने ।

३. मोटोपन घटाउने ।

४. दैनिक आधादेखि एक घण्टासम्म पसिना निस्किने गरी हिड्ने, दौडिने या जगिंङ गर्ने ।

५. गहुँ, मक्कै, कोदो, फाफर, गेडागुडी जस्ता रेसादार परिकार खाने । फलफूल नियमित सेवन गर्ने ।

६. गाँजर, मूला, बन्दा, काक्रो, गोलभेँडा लगायत मिसाएको सलाद नियमित खाने ।

७. ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्ने ।

८. रिस नियन्त्रित राख्ने तथा मानसिक उत्तेजनामा नआउने ।

युरिक एसिड
१. रातो मासु (खसी, राँगा) नखाने । भित्री मासु, कलेजो, मिर्गौला, गिदी पनि नखाने ।

२. मदिरापान, धुमपान, सुर्तीजन्य पदार्थ सेवन नगर्ने ।

३. पानी प्रशस्त मात्रामा पिउने ।

४. दैनिक ४५ मिनेटदेखि एक घण्टा सम्म हल्का पसिना आउने गरी हिँड्ने ।

५. योगासन, प्राणायाम (सूर्य नमस्कार, कपालभाँती, भस्त्रिका, अनुलोम विलोम आदि) गर्ने ।

६. दाल, गेडागुडी, कुरिलो, सिसीको अचार, गोलभेँडा, तामाजस्ता परिकारको उपभोग कम गर्ने । 

७. जँकफुड तथा बेकरी उत्पादन–मम, चाउचाउ, केक, बिस्कृट आदि कम खाने ।

डायबिटिज (मधुमेह)
१. चिनी र चिनीबाट बनेको परिकार नखाने ।

२. धुमपान, मद्यपान र सूर्तीजन्य पदार्थ (रक्सी, चुरोट, खैनी, बिँडी आदि) सेवन नगर्ने ।

३. नुन र चिल्लो कम खाने ।

४. खानासँगै सलाद, हरियो सागसब्जी प्रशस्त मात्रामा सेवन गर्ने ।

५. गहुँ, मक्कै, कोदो, फाफरबाट बनेका परिकार खाने ।

६. दैनिक एक घण्टा हिँड्ने, खेतबारीमा हल्का काम गर्ने, सामान्य खेलकुदमा सहभागि हुने ।

७. योगासन, ध्यान, प्राणायाम गर्ने ।

८. लामो समयसम्म भोकै नबस्ने ।

मोटोपन
१. मोटो व्यक्तिले मोटोपन नियन्त्रणमा राख्न तथा घटाउन चिनी र चिनीबाट बनेका परिकार नखाने ।

२. घ्यू, दही तथा बोसो र बोसोयुक्त मासु नखाने ।

३. अत्यधिक तेलमा तारेको भुटेको खाना नखाने ।

४. खाने परिकारमा जतिसक्दो कम तेल प्रयोग गर्ने ।

५. खाना खानुभन्दा अगाडी एक कचौरा हरियो सलाद खाने ।

६. बेलुकीको खानामा दुई पिस रोटी, एक कचौरा दाल, हरियो सागसब्जी र सलाद खाने । भात नखानु राम्रो ।

७. शारीरिक व्यायाम प्रशस्त मात्रामा गर्ने । नियमित एक घण्टा हिँड्ने, खेतबारीमा काम गर्ने, खेलकुदमा भाग लिने, पौडी खेल्ने ।

८. पानी प्रशस्त मात्रामा पिउने , भोक लाग्दा फलफूल खाने, तर केरा र आँप नखाने ।

९. धुमपान, मद्यपान, सूर्तीजन्य पदार्थ नखाने ।

१०. योग÷ध्यान, प्राणायाम गर्ने र तनावमुक्त जीवन जीउने ।

११. दैनिक ६ देखि ८ घण्टा सुत्ने ।

१२. बिहान उठ्ने बित्तिकै दुई गिलास मनतातो पानी पिउने ।

Last modified on 2019-12-24 12:33:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts