हस्पिटल म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक मेडिकल रेकर्ड राख्ने सफ्टवेयर डाँफेको प्रयोग बढ्यो



Download our app to get more features

काठमाडौं, ३० मंसिर । हस्पिटल म्यानेजमेन्ट र इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम सहितको सफ्टवेयर डाँफेको प्रयोग मेडिकल क्षेत्रमा बढ्न थालेको छ ।

एक दशकदेखि भन्दा लामो समयदेखि नेपालको बैंकिङ क्षेत्रमा डिजिटाईलेशनको काम गर्दै आएको आइमार्क प्रालिले यो सफ्तवेयरको विकास गरेको हो । साथै कम्पनीले स्वास्थ्य, शिक्षा, व्यवसायिक तथा व्यापार क्षेत्रमा उपयोग हुने सफ्टवेयरको विकास र बिक्री गर्दै आएको जनाएको छ । 

डाँफे स्वफटवेयरको प्रयोगबाट पारदर्शी हस्पिटल म्यानेजमेन्ट, विरामीको मेडिकल इन्फरमेशन तथा सेवाग्राहीको गुणस्तरीय विकास हुनेमा डाँफे सफ्टवेयरका परिकल्पनाकारमध्ये एक डा. प्रभात अधिकारीले जानकारी दिए ।

डाँफे इएमआरका संस्थापक तथा डोमन एक्सपर्ट अधिकारीका अनुसार सफ्टवेयर प्याकेजको प्रयोगले पुरा अस्पताललाई डिजिटलाइज गर्न सकिन्छ ।

डाँफेको सफ्टवेयरमा ३० मोडलहरुको विकास गरिएको छ । अस्पतालको सम्पूर्ण सेवा, डाक्टर, औषधि, ल्याब, लेखाका काम, आयस्रोतको रेकर्ड, रिर्पोट र अस्पतालमा हुने सम्पूर्ण चेकजाँजको विबरणहरु एकीकृत रुपमा डाँफे प्रणालीमा उपलब्ध हुनेछन् । ‘यसले हस्पिटलहरुलाई पेपरलेस बनाउन सहयोग पुग्छ भने बिरामीलाई समेत कागजपत्र बोकेर हिडिरहनुपर्ने झन्झट रहदैन ।’ अधिकारीले भने ।

यो प्रविधिले अस्पतालमा कार्यरत सम्पूर्ण डक्टर, नर्स , प्रशासकका साथै सेवा लिन आउने सेवाग्राहीको समयको बचत तथा विरामीको डिजिटल रेकर्ड बस्ने भएकाले अस्पतालको दैनिक कार्यमा सहजता हुनेछ ।

सेवाग्राहीको हिसाबले बुझ्दा डाक्टरको अपोइन्टमेन्ट, नाम दर्ता, डाक्टर भेट्ने समय तालिका, डाक्टरको परामर्श, सल्लाह, उपचारको विवरण अस्पातलको रेकर्डमा बस्नेछ भने कतिपय सुविधा घरमै इन्टरनेटबाट उपलब्ध हुने पनि कम्पनीले जनाएको छ ।

विरामीको रेकर्ड अस्पतालमा रहने हुँदा अर्को पटक बिरामी आउँदा विरामीको समस्या, उपचार, औषधिको प्रेस्पिक्सन सहज रुपमा देखिनेछ । यसले डाक्टरको उपचार प्रवृतिको विकासमा समेत टेवा पुर्याउछ ।

हाल डाँफे स्वफटवेयर काठमाडौं उपत्यका तथा बाहिरका डेढ दर्जन अस्पतालहरुले प्रयोग गर्दै आएका छन् । प्रयोगकर्ता अस्पतालको सन्तुष्टि नै कम्पनीको सम्पति भएको डा. अधिकारीको भनाइ छ ।

ती सबै अस्पतालहरुमा जाँदा बिरामीले सहजै आफ्नो मेडिकल हिस्ट्री र उपचार पद्धती र स्वास्थ्यको पछिल्लो अपडेट पाउने कम्पनीको दावी छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts