सजाय होइन उठ बस, यसले मष्तिस्क तेज बनाउँछ



Download our app to get more features

एजेन्सी, ३० मंसिर । कक्षा कोठामा शिक्षकले सोधेको कुनै प्रश्नको जवाफ नआउँदा वा सजाय स्वरुप शिक्षकले विद्यार्थीलाई उठ बस गर्न लगाउँदा विद्यार्थी अप्ठयारो मान्छन् । तर यसरी उठबस गराउँदा शिक्षकले सजाय मात्रै दिएका हुँदैनन बालबालिकाको शारीरिक विकासमा पनि धेरथोर सहयोग पु¥याइरहेको हुने विज्ञाने पुष्टि गरेको छ । 

वैज्ञानिकहरुका अनुसार निश्चित मात्रामा गरिने उठ बस र कान तन्नुले मष्तिस्क सक्रिय हुन्छ । साथै शरीरका अन्य अंगका मांसपेसी पनि बलियो हुन्छ । वैज्ञानिकहरुले मात्रै पुष्टि गरेका छैनन् की हिन्दु धर्मअनुसार पनि भगवान सूर्यको पुजाअर्चना गर्दा उठबस गर्नुपर्ने प्रावधान छ ।  

विज्ञान के भन्छ ?
वैज्ञानिकहरुका अनुसार उठबसले मष्तिस्कका धेरै भाग सक्रिय हुन्छ । मष्तिस्क सक्रिय हुनु भनेको तपाई चनाखो हुनु हो अर्थात तपाईको सम्झनसक्ने क्षमता वृहत हुनु हो । विद्यालयमा बालबालिकालाई उठबस गराउनुको एउटा कारण यो पनि हो । पछिल्लो पटक वैज्ञानिकहरुले गरेको अध्ययन रिर्पोट अनुसार उठ बसले केही सेकेन्डमै मष्तिस्क सक्रिय बन्छ । उठबस गर्दा मष्तिस्कको दायाबाया हुने कान पनि तानिने भएकाले एक प्रकारको एक्युप्रेसरको काम गर्छ । जसले मष्तिस्कमा उर्जा पैदा गर्छ । यसले मष्तिस्कमा इलेक्टिकल एक्टिविटी बढ्छ । 

सुपर ब्रेन योग
उठबसको फाइदा बारे विभिन्न अध्ययन रिर्पोट सार्वजनिक भएसँगै कयौं देशले यसलाई खुला रुपमा अपनाउन थालेका छन् । कतिपय देशका विद्यालयमा त उठबसलाई सुपर ब्रेन योग को नाम समेत दिइएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts