जलवायु परिवर्तनको गम्भीर असर : समय अघि नै जन्मन थाले बच्चा



Download our app to get more features

एजेन्सी, १ पुस । जलवायु परिवर्तनले  पर्यावरणमा मात्रै होइन मानिसको जीवनमा समेत प्रत्यक्ष असर पारिरहेको छ । यही क्रममा हालै सम्पन्न एक अनुशन्धान रिर्पोट अनुसार जलवायु परिपर्तनका कारण गर्भवती महिलाले समयअघि नै शिशु जन्माउने गरेको सार्वजनिक भएको छ । जसका कारण जवजात शिशुको जीवन समेत खतरामा परिरहेको छ । जन्म र मौसमसम्बन्धी अमेरिकामा अध्ययन गरिरहेका वैज्ञानिकहरुका अनुसार जुन दिन यहाँको तापक्रम ३२ डिग्री सेल्सियस थियो त्यो दिन जन्मदर पाँच प्रति बढी थियो । ती शिशुहरु निर्धारित समयअघि नै जन्मिएका थिए । केही शिशु त निर्धारित समय भन्दा १५ दिनअघि समेत जन्मिएका थिए । 

अध्यनकर्ताहरुको भनाइ छ की गर्मीले गर्भवती महिलामा हर्मोनल परिर्वतन ल्याउँछ । जसका कारण शिशु छिट्टै जन्मिन्छन् । चिकित्सकहरुका अनुसार निर्धारित समय अघि नै जन्मने बच्चा पूर्ण विकसित भइसकेको हुँदैनन् । यस्ता शिशुको तौल कम हुनुको साथै शरीरका अन्य अंग पनि पूर्ण विकसित भइसकेका हुँदैनन् । उनीहरुको हेरचाहमा निकै नै सावधानी अपनाउनुपर्छ । अध्यनकर्ताहरुका अनुसार तिव्र गतिमा भइरहेको जलवायू परिर्वतनले यसरी छिट्टै शिशु जन्मने क्रम अझै बढ्नेछ । 

शिशुको स्याहार चुनौतीपूर्ण बन्दै
लस एन्जलस्थित क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुको टिमले ५६ मिलियन भन्दा बढी नवजात शिशुमाँझ यस सन्दर्भमा अध्ययन गरेको दावी गरेका छन् । उनीहरुले सन् १९६९ देखि १९८८ को बिचमा अमेरिकामा जन्मिएका शिशुमाथि अध्ययन गरेका थिए । यो अध्ययनअनुसार जुन दिन तापक्रम बढी थियो त्यो दिनको जन्मदर उच्च थियो । टिमका अनुसार अमेरिकामा हरेक वर्ष कम्तिमा २५ हजार शिशु निर्धारित समय भन्दा अघि जन्मन्छन् । बेलायतमा यसरी निर्धारित समय अघि नै जन्मनेको संख्या ६० हजार भन्दा बढी छ । यही अनुसार विश्वभर हरेक १० नवजात शिशु मध्ये एक शिशु समयअघि नै जन्मन्छ । यसरी जन्मने शिशुको स्वास्थ्य अवस्था कम्जोर हुन्छ । कतिपय अवस्थामा त आइसीयूमा समेत राख्नुपर्ने हुन्छ । यस्ता शिशुलाई श्वास प्रश्वासमा समस्या हुनुको साथै मुटु र दिमागमा पनि गम्भीर समस्या हुनसक्छ ।   


(पञ्जाब केशरीबाट)
 


 

Last modified on 2019-12-19 15:28:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts