विराटनगरको स्पार्क अस्पतालमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर हुँदै



Download our app to get more features

विराटनगर, १ पुस । विराटनगरस्थित स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी अस्पतालले चौथो वार्षिकोत्सवको अवसरमा निशुल्क स्वास्थय शिविर आयोजना गरेको छ । अस्पतालले पुस ९ र १० गते विहान ८ बजे देखि ४ बजेसम्म शिविर सञ्चालन हुने छ । साथै रक्तदानको कार्यक्रम समेत राखिएको छ । 

शिविरमा प्रालाइसिस, हड्डी खिइएको, नशा च्यापिएको, बाथ, युरिक एसिड बढेर हुने दुखाइ, घुँडा जोर्नीहरु,  गर्दन, ढाड कम्मर दुख्ने समस्याको निशुल्क परिक्षण गरिने छ । यसका साथै शरीर पोल्ने, झमझमाउने, लाटो हुने, मुख बांगिने, स्पोर्टस इन्जुरी, हड्डी भाँचिएपछि चाहिने रिह्याविलिटेशन पनि सेवा प्रवाह गरिने छ । 

साथै शिविरमा औषधि पनि निशुल्क वितरण गरिनेछ । दुर्गम क्षेत्र तथा ६० वर्ष माथिका बिरामीलाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै शिविरमा जाँच गराएका विरामीलाई उपचारमा २० प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts