मुटुरोग विशेषज्ञ प्राडा भट्ट विज्ञान पुरस्कारबाट सम्मानित



Download our app to get more features

काठमाडौं, ३ पुस । नर्भिक इन्टरनेशनल हस्पिटलका मुुटुरोग विभागीय प्रमुख तथा निर्देशक, वरिष्ठ इन्टरभेन्सनल मुटुरोग विशेषज्ञ प्राडा यादवकुमार देव भट्ट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानद्वारा स्थापित विज्ञान पुरस्कार–०७६ बाट पुरस्कृत (सम्मानित) भएका छन् । मुटुरोग उपचारमा नेपालमा उच्च प्रविधिको इन्टरभेन्सनल (बिना चिरफार गरिने मुटुरोग उपचार) प्रविधिको सुरुवात, विकास र प्रवद्र्धनमार्फत उपचारमा उल्लेख्य योगदान पु¥याए बापत प्राडा भट्टलाई सो पुरस्कार प्रादन गरेको नेपाल विज्ञान तथाप्रविधि प्रज्ञा–प्रतिष्ठानले जनाएको छ ।

प्राडा भट्टले चिकित्सा शास्त्रमा स्नातोकोत्तर गरे लगत्तै भारतको चण्डीगडस्थित ख्यातिप्राप्त ‘पोष्ट ग्राजुयट इन्स्टिच्युट उफ मेडिकल एजुकेशन एण्ड रिसर्च’ बाट इन्टरनल मेडिसिनमा एमडी हासिल गरेका थिए । सन् २००० मा उनले सोही इन्स्टिच्युटबाट मुटुरोग उपचारमा विशेषज्ञतासहितको उपाधि डिएम हासिल गरे । लगत्तै भारतको एस्कर्टस् हार्ट इन्सिटच्युटमा इन्टरभेन्सनल मुटुरोग उपचारमा २ बर्षे गहन तालिमपश्चात् उनले सन २००३ मा भारतकै नेशनल बोर्ड अफ एक्जामिनेशन्, नयाँ दिल्लीबाट इन्टरभेन्सनल कार्डियोलोजीमा डिएनवी (डिप्लोम्याट अफ नेशनलवोर्ड)को उपाधि हासिल गरेका थिए ।

सन् २००३ मा नेपाल फर्किएर शहिद गङ्गालाल नेशनल हार्ट सेन्टरमा आबद्ध हँुदै त्यस संस्थामार्फत नेपालमा मुटुरोगको उपचारमा सरकारी÷सार्वजनिक क्षेत्रमार्फत मुटुरोगको उपचारमा इन्टरभेन्सनलप्रविधिको सुरुवात गरेका थिए । प्राडा भट्टले हालसम्म पाँच हजार भन्दा बढी कोरोनरी एन्जियाग्राफि, तीन हजार भन्दा बढी कोरोनरी एन्जियोप्लाष्टि तथा स्टेन्ट प्रत्यारोपण, एक हजार भन्दा बढी माइट्रल, एओर्टिक एवं पल्मोनरी भल्भोटोमीहरु, पेसमेकर जडान, एएसडी, पिडीए डिभाइस क्लोजर लगायत इन्टरभेन्सनल प्रक्रियाहरु सफलताका साथ सम्पन्न गरिसकेको छन् ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts