ओम अस्पतालको स्वास्थ्य शिविरबाट ५ सय जना लाभान्वित 



Download our app to get more features

काठमाडौं, ७ पुस । चावहिलस्थित ओम अस्पतालले सिन्धुलीको खुर्कोटमा आयोजना गरेको स्वास्थ्य शिविरबाट ५ सय भन्दा बढि लाभान्वित भएका छन् । 

खुर्कोटमा रहेको सुनकोशी सामुदायिक अस्पतालसँगको सहकार्यमा संचालित शिविरमा ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा। बि।एन। कोइरालाको नेतृत्वमा जनरल फिजिसिन, जनरल सर्जरी, गाइनेकोलोजी (स्त्री तथा प्रसुती रोग )  लगायतको सेवा उपलब्ध रहेको थियो ।

ओम अस्पतालबाट आएको बिशेषज्ञहरुको टोलिले शनिबार दिनभर एक्स-रे, अल्ट्रासाउण्ड , प्याथोलोजी लगायतका सेवा सहितको बृहत  स्वास्थ्य परिक्षण सेवा  प्रदान गरेको थियो भने, रोगको निदान र उपचार सँगै आवश्यक औषधिहरुसमेत निःशुल्क बितरण गरेको थियो ।

शनिबार दिनभर संचालित बृहत स्वास्थ्य परिक्षण शिविरमा सिन्धुलीको गडतिरक्षेत्र सुनकोशी, गोलन्जोर, फिक्कल गाउपालिका, रामेछाप र ओखलढुंगा लगाएतका ठाँउका ५०० जना  विरामीहरु लाभान्वित भएका थिए ।
शिविरकै अवसरमा अस्पतालले जनचेतनाका लागि स्वास्थ्य सम्बन्धि लेख,रचना, अन्तर्वार्ता लगायतका बिबिध सामग्रीहरु समेटेर प्रकाशन गरेको ओम अस्पतालको स्मारिका शुश्रुषा र ओम अस्पतालको मासिक न्यूजलेटर  ‘हेल्थ प्लस’ सँगै अस्पतालमा उपलब्ध सेवा सामग्री तथा अस्पतालको प्रिभेन्टिभ हेल्थ केयर क्लिनिक ॐ वेलनेश क्लिनिकबारे महत्वपूर्ण जानकारी समेटिएका समग्रिहरु समेत बितरण गरिएको थियो ।

अस्पतालको संस्थागत सामाजिक उत्तरदायित्व नियमित कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचार सेवा सहज नभएका स्थानमा  बिशेषज्ञता सेवा पुर्याउने अभियानको निरन्तरताको रुपमा यो निःशुल्क शिविर आयोजना गरिएको ॐ अस्पतालका प्रबन्ध संचालक बाबुकाजि कार्कीले बताउनु भएको छ।


 

Last modified on 2019-12-23 11:47:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts