जाडोयाममा नुहाउने बेलामा किन हुन्छ धेरैलाई हृदयघात



Download our app to get more features

एजेन्सी, ७ पुस । विशेषगरी जाडोयाममा हृदयघातबाट मृत्यु भएका घटना धेरै सुन्ने गरिन्छ । त्यसमा पनि बाथरुममा भएको बेला भएको हार्ट अट्याकबाट ज्यान गएको भन्ने धेरै सुनिन्छ । बाथरुम प्रयोगका बेला किन धेरैलाई हार्ट अट्याक हुन्छ भन्ने जानकारी कमैलाई मात्रै हुन्छ । जानौं बाथरुम प्रयोगका बेला किन धेरैलाई हुन्छ हृदयघात ः—

टाउकोमा एक्कासी चिसो पानी पर्नु
डाक्टरहरुको सुझाव छ की मुटुसम्बन्धी रोग भएका मानिसले नुहाउदा सतर्क रहनुपर्छ । यस्ता व्यक्तिले चिसो पानी सिधै टाउकोमा हाल्नुको सट्टा पहिला पैतला र खुट्टामा हाल्नुपर्छ । यसपछि बिस्तारै बिस्तारै टाउकोमा राख्नुपर्छ । सिधै टाउकोमा चिसो पानी हाल्दा रक्तसञ्चारमा अवरोध पुग्न जान्छ । यस्ता विषयलाई ख्याल नगर्दा कतिपयको ज्यानै समेत गएका घटना छन् । 

ट्वाइलेट प्रेसर
ट्वाइलेट प्रेसर पनि हृदयघाटको कारण बन्न सक्छ । हामीले प्रयोग गर्ने परम्परागत ट्वाइलेटमा शरीरलाई धेरै दबाब पर्ने हुन्छ । साथै धेरै बेरसम्म शौचालयमा बस्दा रक्तसञ्चार प्रभावित हुनसक्छ । यसले मुटुको धमनीमा दबाब पर्न गई हृदयघात समेत हुनसक्ने चिकित्सकहरुको चेतावनी छ । 

उच्च रक्तचाप
हुनत नुहाउने समय यसै पनि शरीरमा रक्तचाप असन्तुलन हुन्छ । यस्तो हुनुको विभिन्न कारण छन् । जस्तै अचानक चिसो वा तातो पानी शरीरमा पर्नु, शरीरको सफाई गर्दा ज्यादा दबाब पर्नु, छिटोछिटो नुहाउनु बाथटबमा धेरैबेरसम्म बस्नु आदि । यसरी रक्तसञ्चारमा अवरोध गर्ने कामले हृदयघात वा हार्ट अट्याक हुनसक्छ । 
 

Last modified on 2019-12-24 11:44:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts