जाडो मौसममा कफ, कोल्डबाट जोगिन अपनाउनुहोस् यी घरेलु उपाय 



Download our app to get more features

मौसम बदल्नुका साथै मानिसमा कफ, कोल्ड, संक्रमण र साइनस लगायतका समस्या बढ्न थाल्छ । टाउको दुख्ने, नाकबाट पानी निस्कने र अनुहार, हात खुट्टापनि सुन्निन थाल्छ । जुन साइनसाइटिसको सामान्य लक्षण हुन् । उसो त निकै कम अवस्थामा साइनसको समस्या गम्भीर बन्न सक्छ । तर, त्यसका लागि भने समय मै सचेत हुनु आवश्यक हुन्छ ।

प्रायः जसो मानिस यस समस्यामा एन्टीबायोटिक औषधि सेवन गर्ने गर्छन् तर, ती औषधिको सँधै राम्रो प्रभाव नहुन पनि सक्छ । त्यसकारण सबैभन्दा पहिले घरेलू उपचारलाई नै प्राथमिकता दिनुपर्छ । आयुर्वेद डाक्टर अमित कर्णले दिएका केही घरेलु उपायबारे जानौं...

बाफ लिने
साइनसाइटिसका कारण नाकबाट पानी आएको छ भने बाफ लिनु निकै फाइदाजनक हुन्छ । एउटा डेक्चीमा पानी तताएर तौलिया वा मुख राम्रोसँग छोप्ने ओढ्नेले मुख ढाकेर वाफ लिनुु पर्छ । पानीको बाफले नाक खुल्छ र तपाईंलाई आराम महसुस हुन्छ ।

अनुहारमाथि तातो कपडा राख्ने 
साइनसाइटिसमा प्रायः नाक बन्द हुने गर्छ । जसले गर्दा तपाईंलाई शरीर र टाउको भारी भएको अनुुभव हुन्छ । यस्तोमा यदि तपाईंले मन तातो पानीमा तौलिया वा बाक्लो रुमाललाई भिजाएर अनुहारमा राख्नुहुन्छ भने तपाईंलाई त्यसले आराम हुन्छ ।

तातो झोल पिउने 
साइनसका कारण परेशान हुनुहुन्छ भने तातो झोल पदार्थ पिउनु उचित हुन्छ । तातो झोल पिउनाले तपाईंको बन्द नाक खुल्ने र रुघाखोकीमा पनि आराम हुन्छ । झोलिलो खानेकुरामा मासुकै झोल पिउनुपर्छ भन्ने हुँदैन । तपाईंले साग, हरियो तरकारी वा गेडागुडीको पनि झोल पिउन सक्नुहुन्छ ।

पर्याप्त आराम गर्नुस्
साइनस, कफ वा कोल्डले ग्रसित भएको समय सकेसम्म आराम गर्नुपर्छ । लामो समयसम्म बस्नाले वा लामो समयसम्म काम गर्नाले साइनसको समस्या झन् बढ्न सक्छ । त्यसकारण काम गर्नैपर्ने छ भने पनि केहि केहि बेरमा आराम गर्नुपर्छ । कुर्सीमै बसेर पनि केहि समय निदाउने वा थकान हटाउनेगरि आराम गर्नुपर्छ ।

खानपानमा ध्यान
यो समयमा खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । धेरै चिल्लो, गुलियो, पिरो जस्ता खानेकुरा खानबाट जोगिनु पर्छ । कसैकसैलाई यस्ता खानेकुराले झन् समस्या बल्झाउने हुनाले समयमै सचेत हुनुपर्छ । चिसो पानी, चिसो खानेकुरा खानुहुुँदैन । 

Last modified on 2019-12-26 15:05:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts