डाक्टर र बिरामीबीच दूरी किन ? कसरी कम गर्ने ? 



Download our app to get more features
Spark_health_home

दैनिक ४० जना र बार्षिक १० देखि १२ हजार बिरामीलाई हेर्ने गर्छु । म सहित अरु विशेषज्ञको टोलीले सँगै हेर्ने गर्छौं । यी मध्ये ८० प्रतिशत बिरामीलाई म आफैले जाँच नगरेपनि हुन्छ । तर बिरामीलाई के भ्रम परेको छ भने नशाको समस्या मेलै हेर्यो भने सबै ठीक हुन्छ । नहेरुँ भने बिरामीले चित्त दुखाउँछन् । हेरौं भने सामान्य उपचारका लागि पनि मलाई नै खोज्छन् । तर यस्तो होइन ।

हामीकहाँ नशाका धेरै विशेषज्ञहरु छन् । उनीहरु पनि पढाइ र अनुभवले खारिएका छन् । तर जनमानसमा केही सीमित डाक्टरहरुमात्र क्षमतावान छन् भन्ने मानसिकता छ । सर्वप्रथम यसमा परिवर्तन आउन जरुरी छ । हामी एक्लै एक्लै हेर्ने भन्दा पनि ‘टिम वर्क’ मा बढी बिश्वास गर्छौं । त्यसो गर्दा उपचार राम्रो हुन्छ भने गल्ति हुने कम सम्भावना हुनुका साथै एक जनाको सोचले मात्र उपचार गर्दा नराम्रो पनि हुन सक्छ ।

नेपालमा बिरामी र डाक्टरबीचको दूरी अझै घट्न सकेको छैन । यसमा विभिन्न कारण छन् । जबसम्म बिरामी र डाक्टरबीचको दूरी घट्न सक्दैन तबसम्म चिकित्सकीय परामर्श प्रभावकारी बन्न सक्दैन जस्तो लाग्छ । उपचारमा राम्रो परिणाम ल्याउन सबैभन्दा ठुलो भूमिका त बिरामी आफैको हुन्छ, त्यसपछिको महत्वपुर्ण भूमिका रहन्छ बिरामीका आफन्तमा, मेडिकल  टिमको भूमिका ताता छोटो हुन्छ, सिनेमाको गेष्ट अर्तिस्ट जस्तो स -सानो तर महत्वपुर्ण भुमिका । डाक्टर र बिरामी एउटै डुंगामा चढेर खोला तर्ने हो, फरक फरक डुंगामा हैन ।

 

बिरामी र डाक्टरबीच के कारणले दूरी हुन्छ ? 
बिरामी पक्षमा विद्यमान भ्रम

  • डाक्टरले हेरेपछि रोग निको हुनैपर्छ भन्ने मानसिकता 
  • प्राइभेट अस्पतालमा मात्र राम्रो उपचार हुन्छ भन्ने विश्वास
  • पैसा तिरेपछि निको हुनुपर्छ भन्ने मान्यता
  • रोग र त्यसको उपचारका बारेमा आधी ज्ञान(अल्पज्ञान) 
  • विदेशमा मात्र राम्रो उपचार हुन्छ भन्ने सोच 
  • चिकित्सक पैसामात्र कमाउन उद्दत छन् भन्ने मानसिकता

मैले अहिलेसम्म करिब ७-८ हजार बिरामीको अप्रेशन गरेको छु । जसमध्ये ४० प्रतिशत बिरामीको ढाडमा या घाँटीमा नशा च्यापिएको समस्या थियो । शल्यक्रिया भएका कसैलाई पनि पक्षघात भएको छैन । तर, मानिसहरु अझैपनि ढाडको अप्रेशन गर्यो भने पक्षघात हुन्छ भन्दै हिंड्छन् ।

मैले अहिलेसम्म करिब ७-८ हजार बिरामीको अप्रेशन गरेको छु । जसमध्ये ४० प्रतिशत बिरामीको ढाडमा या घाँटीमा नशा च्यापिएको समस्या थियो । शल्यक्रिया भएका कसैलाई पनि पक्षघात भएको छैन । तर, मानिसहरु अझैपनि ढाडको अप्रेशन गर्यो भने पक्षघात हुन्छ भन्दै हिंड्छन् । यस्तो बुझाईमा परिवर्तन ल्याउन आवश्यक छ । कति मानिसहरु विदेशमा ठीक नभएपछि हाम्रोमा आएका छन् । विदेशमा फेल भएको अप्रेसन राम्रो गरेर पठाएका कैयौं उदाहरण हामीसंग छ । आजभोली बिरामीहरु बिदेश्बता उपचार गर्न हामीकहाँ आउन थालेका छन् ।

त्यसो त बिरामी र डाक्टरबीच विश्वासको वातावरण नबन्नुमा चिकित्सकको पनि उत्तिकै भूमिका छ । पछिल्लो समय कतिपय चिकित्सकमा केही समस्याहरु देखिएका छन् । जसले गर्दा बिरामीले उनीहरुलाई हेर्ने दृष्टिकोण बदलिएको छ ।

 चिकित्सक पक्षमा विद्यमान केही समस्या

  • डाक्टरी पढेको पैसा असुल गर्ने होड
  • धेरै अस्पताल र क्लिनिकमा भौताँरिने 
  • बिरामीलाई आवश्यक्ता अनुसार समय नदिने
  • परीक्षणबाट थाहा भएको कुरा खुलस्त नभन्ने 

चिकित्सकहरुको दिनचर्या हेर्ने हो भने उनीहरु मेशिन जस्ता लाग्छन् । बिहानदेखि बेलुकी सम्म अस्पताल, क्लिनिक र बिरामी भन्दैमा बित्छ । त्यो उनीहरुको मेहेनत हो भनेर पनि हेरिनुपर्छ जस्तो मलाई लाग्छ। यो व्यस्त र दौडधूपका कारण कतिपय चिकित्सक तनावमा देखिन्छन् । यसको प्रतिविम्ब कहिलेकाहीं उनीहरुले बिरामीलाई देखाउने व्यवहारमा झल्कन्छ । यसका लागि उनीहरुले बिरामीलाई आफ्नै परिवारको कुनै सदस्य सम्झेर उपचार गर्ने हो भने समस्या समाधान हुन सक्छ ।

राज्य र नियमनकारी निकायको कमजोरी 
विश्वका प्राय मुलुकमा चिकित्सा अध्ययनको स्नातकोत्तर (पोष्ट ग्र्याजुयट) निशुल्क छ । हाम्रोमा भने पैसा लाग्छ । यो तहका विद्यार्थीहरु आफैमा दक्ष र आवश्यक जनशक्ति हो । विश्वभरी यस्तै विद्यार्थीको प्रयोग गरेर अस्पताल एवं मेडिकल कलेजले उपचार सेवा प्रवाह गरेका छन् ।

डाक्टरलाई पिजी पढाएर मंहगो पैसा लिने प्रवृत्तिले गर्दा पछि विशेषज्ञ भएपछि पहिलेको लगानी उठाउने होडबाजी डाक्टरहरुमा देखिनु एकहद सम्म स्वाभाविक पनि देखिन्छ ।

 पोष्ट ग्र्याजुएट गर्ने विद्यार्थीहरुले प्राध्यापकहरुलाई ‘गुरु थाप्ने’ हो । यो हाम्रै गुरुकुल शिक्षा पद्दति हो, कुनै आयातित पद्दति हैन । प्राध्यापकको कर्मलाई सघाउँदै त्यसैबाट ज्ञान पनि लिने हो । यसमा बिद्यार्थीसँग पैसा लिइनुपर्ने कारणै छैन । कुनै पनि डाक्टरले एक एक अप्रेशन गर्न सिकाए बापत आजपनि बिद्यार्थीबाट कहाँ पैसा लिएका छन् र  । तर नेपालमा त एमडी पढाएर महंगो शुल्क उठाइँदैछ । यो विल्कूल राम्रो होइन र धेरै दिन चल्दा पनि चल्दैन। मेडिकल कलेजले पनि तिनै विद्यार्थीबाट जनताको उपचार गराएर आफ्नो आर्थिक ब्यबहार धान्ने हो । डाक्टरलाई पिजी पढाएर मंहगो पैसा लिने प्रवृत्तिले गर्दा पछि विशेषज्ञ भएपछि पहिलेको लगानी उठाउने होडबाजी डाक्टरहरुमा देखिनु एकहद सम्म स्वाभाविक पनि देखिन्छ ।

 हामीले नेशनल मेडिकल बोर्डको धरणा अनुसार नेपाल मेडिकल काउन्सिलमा यो सुझाव दिइपनि सकेका छौं । मेडिकल काउन्सिल लगायत निकायले यसको लागि प्रकृया पनि अगाडी बढाइसकेको छ तर ब्यबहारमा आउन सकिरहेको छैन, सायद छिट्टै आउंछ होला । सित्तैमा पी.जी. पढाएर अस्पतालले उल्टो नाफा कमाउन सक्छ, यो धेरैले बुझिसकेर पनि ब्यबहारमा उतार्न सकेका छैनन् ।

ठेकेदारले र व्यापारीले अस्पताल चलाउनु
मैले जापानबाट उच्च शिक्षा हाँसिल गरेको हुँ । त्यहाँ अस्पताल खोल्नका लागि चिकित्सक नै हुनुपर्छ । जसले गर्दा अस्पताल र त्यहाँको उपचारको गुणस्तर थप उचाइमा पुग्छ । नेपालमा त ठेकेदारले अस्पताल र मेडिकल कलेज खोलेका छन् । उनीहरु गुणस्तरीय स्वास्थ्य सेवा भन्दा पनि धेरैको उपचार गरेर वा धेरै विद्यार्थी पढाएर पैसा कमाउने ध्याउन्नमा लागेका छन् । जसले गर्दा देशकै समग्र स्वास्थ्य सेवा व्यापारउन्मुख मात्रै जस्तो देखिएको छ । यसले गर्दा बिरामी र चिकित्सकबीचको सम्बन्ध पैसाले खरिद गरिएको जस्तो भएको छ । यसले बिरामी र चिकित्सकबीच थप खाडल पैदा भएको छ ।

चिकित्सकबीचको सम्बन्ध पैसाले खरिद गरिएको जस्तो भएको छ । यसले बिरामी र चिकित्सकबीच थप खाडल पैदा भएको छ ।

 बिरामीले चिकित्सकको क्षमतामा विश्वास गर्न जरुरी छ । केही सीमित डाक्टर अयोग्य वा नकरात्मक प्रवृत्तिका भएपनि नेपालका अधिकांश चिकित्सक योग्य र क्षमतावान छन् । कतिपय पुर्व युरोपेली देशभन्दा हाम्रो गुणस्तर धेरै माथि छ भन्दा थुप्रै व्यक्तिलाई अचम्म लाग्ला । चिकित्सकले पनि उपचार र परामर्शलाई आफ्नो धर्म सम्झिएर अघि बढे बिरामीहरुको विश्वास जित्न समय लाग्दैन ।

 बिरामी र चिकित्सकको सम्बन्धलाई पैसासँग तुलना गर्ने प्रवत्तिको अन्त्य गर्न चिकित्सा शिक्षाको क्षेत्रमा अघि भनिएजस्तै थुप्रै सुधार गर्न आवश्यक छ ।

स्वास्थ्य बीमा अनिवार्य 
स्वास्थ्य उपचारका लागि भनेर सबैले पैसा जोहो गरेर राख्दैनन् । केही गम्भीर रोग लागिहाले विपन्न र मध्यम वर्गीय परिवारको जायज्यथा नै जान्छ । यसलाई रोक्न लागि राज्यले सुरु गरेको स्वास्थ्य बीमाको कार्यक्रम सबै जिल्लामा प्रभावकारी रुपमा लागू गर्दै परिस्कृत गर्दै लैजान पर्छ । जनताबाटै उठाएको पैसाले जनताको उपचार गर्ने हो । यसले गर्दा बिरामी पक्ष र चिकित्सक बीच पैसाका कारण बन्ने खाडल बन्द हुन्छ । निशुल्क उपचार भन्ने सरकारी भूतले भलो हुँदेन, यो राजनैतिक नारा मात्र हो । नेपालको सुरु अवस्थामा “निशुल्क उपचार” तत्कालिन मिसनरीहरुको अस्पताल चलाउने बेलाको कन्सेप्ट हो । त्यो पछि तत्कालिन शान्ताभवन अस्पताल (अहिलेको पाठन अस्पताल)ले परिमार्जन गर्दै तिर्न सकने बाट लिने र नसक्नेलाई सहयोग गर्ने “रबिन्हूड टेक्निक” मा परिणत गर्यो । सरकारी अस्प्तालहरु अझै निशुल्क उपचारकै पुरानो कन्सेप्टबाट चलिरहेको छ । जायज पैसा लिएरमात्रै बिरामीको उपचार गर्ने र  अस्पतालहरु चल्नुपर्छ तर यो हुन को लागि राष्ट्रिय स्वास्थ्य बीमा अनिवार्य छ । त्यसका लागि जनताको बीमा गराएर कम्तिमा निम्न एवं मध्यम आय भएका परिवारको उपचार गर्ने पैसालाई एकद्वार प्रणालीबाट राज्यले अस्पताललाई तिर्नुपर्छ ।

निशुल्क उपचार भन्ने सरकारी भूतले भलो हुँदेन, यो राजनैतिक नारा मात्र हो । नेपालको सुरु अवस्थामा “निशुल्क उपचार” तत्कालिन मिसनरीहरुको अस्पताल चलाउने बेलाको कन्सेप्ट हो ।

म यस्तो मेडिकल सिस्टमको परिकल्पना गर्छु जसमा बिरामी उपचार गर्न जाँदा पैसा लिएर जान नपरोस्, बीमाले उसको उपचार गरोस् र उसले जहाँ उपचार गरेपनि मूल्य चाहिँ उत्तिकै तिर्न परोस् चाहे त्यो सरकारी अस्पताल होस् या निजी । अनि प्रतिस्पर्धा खाली बिरामीलाई निको पर्न मात्र रहने छ । यहि सोच, आँट र सहकार्य हुनेहो भने यो सम्भव पनि छ ।

डा. पन्तसँग उद्धवराज भेटुवालले गरेको कुराकानीमा आधारित
 

Last modified on 2016-11-26 10:58:59

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>
alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts