जुुग्लेका एक हजारलाई मेडिसिटीद्वारा निःशुल्क स्वास्थ्य सेवा



Download our app to get more features

काठमाडों, ११ पुस । नेपाल मेडिसिटी अस्पतालले स्याङ्जा जुुग्लेका एक हजार बासिन्दाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । अस्पतालबाट खटिएको मेडिकल टोलीले ६ देखि ८ पुसमा स्थानीय आँधीखोला बोर्डिङ स्कूलमा शिविर स्थापना गरी स्वास्थ्य सेवा प्रदान गरेको हो ।  

शिविरमा मेडिसिटीका वरिष्ठ चिकित्सकले मुटुरोग, स्त्री, दन्त, हाडजोर्नी तथा सामान्य स्वास्थ्य समस्याका बारे परामर्श र औषधि वितरण गरेका थिए । शिविर सञ्चालनका लागि ब्लाक याक ह्युुमन फाउण्डेसन र कोरियन ओपन डक्टर्स सोसाइटीले सम्वन्य गरेका थिए ।
शिविरमा नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव जोशी, हाडजोर्नी विशेषज्ञ डा. निभा चित्रकार तथा सामान्य समस्याका लागि डा. सन्तोष यादवसहित दुई नर्स र व्यवस्थापनका लागि स्मिता नेपालको सहभागिता थियो । दक्षिण कोरियाबाट आएका मेडिकल टिममा भने स्त्रीरोग, दन्त तथा हाडजोर्नी विशेषज्ञ तथा फार्मेसिष्ट थिए । 

विभिन्न उमेर समूूहका मानिस उपचारमा आएको र अधिकांशमा उच्च रक्तचापसम्बन्धी समस्या देखिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव जोशीले बताए । शारीरिक व्यायाम तथा आराम, खानपान तथा जनचेतना अभावका कारण यस किसिमको समस्या देखिएको हुनसक्ने उनको धारणा छ । अस्पतालमा महाप्रबन्धक विजय रिमालले मध्यपश्चिम नेपालको स्थानियका लागि स्वास्थ्य उपचार सेवा प्रदान गर्न पाएकोमा खुशी व्यक्त गरे । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने उनले बताए । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts