अरुलाई भन्दा तपाईंलाई धेरै चिसो लाग्छ ? यी हुन् कारण



Download our app to get more features

काठमाडौं, १६ पुष । हिउँदमा चिसो र जाडो अनुभव गर्नु सामान्य हो । तर केही व्यक्ति हिउँद–बर्खा सँधैभरि चिसो लाग्ने गरेको बताउँछन् । तपाईंलाई पनि यस्तै हुन्छ भने ठान्नुहोस् कि तपाईंको शरीरमा केही गडबडी भइरहेको छ । सामान्यतया यी अवस्थामा मानिसले सधै चिसो अनुभव गर्छ । 

एनिमिया 
शरीरमा स्वस्थ रातो रक्तकोषिकाको कमी भएमा एनिमियाको आशंका गरिन्छ । रातो रक्तकोषिकाले शरीरभर अक्सिजन पु¥याउने गर्छ । तपार्इंको शरीरमा यदि रातो रक्तकोषिकामा भइरहेको गडबडीले शरीरमा अक्सिनजको मात्रा कमी भएमा पनि शरीर चिसो भएको अनुभव हुन्छ । साथै एनिमिया भएमा शरीरलाई आवश्यक मात्रामा आइरन पुग्दैन । यो अवस्था शरीरमा रगतको मात्रा घटेमा, गर्भवती अवस्था लगायतमा हुन्छ । 

हाइपोथ्रोइज्म
शरीरमा आवश्यक मात्रामा थाइरोइड हर्मोन उत्पादन नभएको अवस्थामा हाइपोथ्रोइज्म हुन्छ । यो हर्मोन शरीरको मेटाबोलिज्म नियमन गर्न जिम्मेवार हुन्छ । थाइरोइड हर्मोनको कमीले शरीरको आन्तरिक तापक्रमलाई व्यवस्थित गर्न सक्दैन र जाडो अनुभव हुन्छ । हाइपोथ्रोइज्मका कारण बिर्सने समस्या, डिप्रेसन, छाला सुख्खा हुन, तौल बढ्ने हुन्छ ।

अनिन्द्रा
अनिन्द्राले पनि मानव शरीरको तापक्रममा गडबडी ल्याउँछ । निन्द्रा पुगेन भने पनि चिसो महशुस हुन्छ । हाम्रो शरीर २४ घण्टे चक्रमा रहेको हुन्छ । यो चक्रमा के के गर्ने भन्न हुन्छ । यदि यसमा थोरै मात्र परिर्वतन भएमा समस्या आउन सक्छ । यदि तपाईं पनि अनावश्यक समयमा चिसो अनुभव गर्नु हुन्छ आवश्यक मात्रामा सुत्नुहोस् । 

तौल घटेमा
शरीरको बोसोले आन्तरिक रुपमा शरीरलाई तातो बनाइरहेको हुन्छ । यदि भर्खरै तपार्इंले तौल घटाउनु भएको छ भने पनि शरीरले चिसो अनुभव गर्नसक्छ । हुनतः सबैमा यस्तो नहुनसक्छ । साथै तपाईंले कम क्यालोरीयुक्त खाना खाइरहनु भएको छ भने पनि शरीरले तापक्रमलाई नियन्त्रित गरिरहन सक्दैन र चिसो हुनसक्छ ।

 

(टाइम्स अफ इन्डियाबाट)

Last modified on 2020-01-02 12:53:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts